News Portal

  • महासचिव विप्लव सी द्वारा केन्द्रिय कार्यालय कपिलवस्तुमा रिहा भएका बन्दीहरुलाई स्वागत

    जनगर्जन संवाददाता२०८० चैत्र ४
    १३७ पटक

    कपिलवस्तु । विगत लामो समयदेखि झुठ्ठा मुद्दामा जेल जीवन बिताइरहेका नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ता रिहाई भएका थिए । भिमफेदी लगायत अन्य कारागारमा रहेका दिपक बिष्ट, मनिराम राई,विशाल राई,मुस्कान राई,सन्तोष तामाङ ,नरेन्द्र तामाङ ,आशा रावत,जुनमाया ओड,आयुषा लिम्बू र अरुण मगर ४ वर्ष पछि रिहाई भएका थिए ।

    नेकपाले राज्यद्वारा लगाएको झुठ्ठा आरोप खेप्दै इमानदारीका साथ जेल मोर्चा समालेर बसेका सहयोद्धा साथीहरुलाई आज केन्द्रिय कार्यालय शिवगढी कपिलवस्तुमा पार्टीका महासचिव बिप्लव सी ले स्वागत गरेको छ । यस अघि नै नेकपा मकवानपुर, नेकपा चितवन र नेकपा काठमाडौ सहित पार्टीका पिविएम, सिसिएम तथा नेताकार्यकर्ताहरुले फुलमाला र अविरजात्रा गरेर स्वागत गरेका थिए । पार्टीका काम विशेषले कार्यालय बाहिर रहनुभएका महासचिव कार्यालय फर्कनेबित्तिकै विषम परिस्थितिको बाबजुद जेलमोर्चा समहालेकोमा सबै कमरेडहरुलाई धन्यवादसहित बधाई तथा शुभकामना दिदै उनिहारुलाई हौसला प्रदान गरि स्वागत गरेका छन ।

    भिमफेदी कारागार मकवानपुरबाट निस्किएका १० जना टोलि आजै पार्टीको केन्द्रिय कार्यलय कपिलवस्तु गएका छन् ।

    प्रतिकृया दिनुहोस्