News Portal

  • तुलसीपुरमा यसरी गरियो समाजवादी मोर्चा नेपालको घोषणा

    जनगर्जन संवाददाता२०८० फाल्गुण २९
    ३९ पटक

    हेमन्त प्रकाश वली ।
    फागुन २९ , घोराही । नेत्रविक्रम विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित ४ दल सम्मीलित समाजवादी मोर्चा नेपालको तुलसीपुर नगर स्तरीय घोषणा सभा सम्पन्न गरिएको छ ।
    संसद बाहिरबाट संघर्ष गरिरहेको विप्लव सी नेतृत्वको नेकपा सहित नेकपा ( माके ) , नेकपा ( एस ) , जसपा सहितका दलहरुले केन्द्रवाट बनेको मोर्चाको निर्णय अनुसार तुलसीपुरमा पनि मोर्चा गठन गरेका हुन् ।

    मोर्चाको नेतृत्व हाललाई नेकपा ( माओवादी केन्द्र )ले गर्ने भएको छ । तुलसीपुर नगर स्तरीय समाजवादी मोर्चाको घोषणा कार्यक्रमले माओवादी केन्द्रका मोहन थापाको संयोजकत्वमा १२ सदस्यीय कमिटी गठन गरेको हो ।
    जसको सदस्यहरुमा अमर नेपाली , मिनराज वली , जिवनी सी , रुद्र सी , शिव सी , जगदिश देवकोटा , रमा भण्डारी , मदन केसि , गिता देवकोटा , दोषबहादुर महतरा र शुकराम विक रहेका छन् ।

    नेकपा (माओवादी केन्द्र)का स्थायी समिती सदस्य कुबेर वलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्य , नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सम्झना सी , नेकपा ( एस )का केन्द्रिय सदस्य अनारकली मियाँ , नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदिप सी , नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार समिती सदस्य सुन्दर सी , माओवादी केन्द्रका सल्लाहकार समितिका सदस्य शेसुराम भण्डारी , नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङका सेक्रेटरी निर्मल सी , नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिती सदस्य विकाश सी , नेपाल कम्युनिस्ट पार्टी पुर्वी दाङका सेक्रेटरी जनक सी , नेकपा ( एस )का केन्द्रीय परिषद सदस्य चित्रा मल्ल , जसपाका मोहन वली लगाएतको आतिथ्य रहेको थियो ।

    कार्यक्रमका प्रमुख अतिथी , बिशिस्ट अतिथी , अतिथीहरु लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्दै अबको विकल्प समाजवाद भएकाले समाजवाद प्राप्तिको बाटोमा मोर्चा अग्रसर रहनुपर्ने धारणा व्यक्त गरेका थिए ।

    नेकपाका तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज भुवन सीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण खुशीराम चौधरीले गरेका थिए भने अध्यक्षता जगदिश देवकोटाको रहेको थियो ।

    मोर्चाको नगर कमिटी घोषणा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदिप सीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्