News Portal

  • सी सपना त्रैमासिक पत्रीकाको विमोचन भोलि हुँदै

    जनगर्जन संवाददाता२०८० फाल्गुण २९
    ५४ पटक

    हेमन्त प्रकाश वली
    फागुन २९ , घोराही । सी सपना त्रैमासिक पत्रीकाको विमोचन भोलि बुधबार हुने भएको छ।

    घोराही स्थित सर्वोदय पुस्तकालयको सभाहलमा नेकपाका स्थायी समिती सदस्य एवम प्रकाशन बिभाग प्रमुख अनिल शर्मा विरहीले पत्रीकाको विमोचन गर्ने जनाइएको छ ।

    नवीन विचार , राजनीति , उत्पादन , संस्कृति , साहित्य , शिक्षा , स्वास्थ्य र प्रविधिय विमर्शको नविनतम नारासहित प्रकाशित पत्रीकाले विचार र ज्ञानको भोकलाई मेटाउने प्रयास गरिएको पत्रीकाका सम्पादक टीका कुमारी शर्माले बताउनुभयो ।

    पत्रीका विमोचनको सम्पुर्ण तयारी पूरा भएको साथै विमोचन कार्यक्रममा उपस्थितिका लागि आम सञ्चारकर्मी,बुद्धिजीवी ,विश्लेषक,नागरिक समाज ,मानवअधिकारकर्मी लगाएतलाई हार्दिक अपिल समेत गरिएको छ ।

    पत्रीका विमोचन कार्यक्रम विहान ११:३० बजेदेखी सुरु हुने जानकारी दिइएको छ ।

    प्रतिकृया दिनुहोस्