News Portal

  • धार्मिक कट्टरता श्रमिक समुदायको मुख्य चुनौती : सन्तोषी सी

    जनगर्जन संवाददाता२०८० फाल्गुण २९
    ८२ पटक

    कपिलवस्तु /नेपाल कम्युनिस्ट पार्टीको आठौं महाधिवेशनबाट नै युगौ देखी आर्थिक ,राजनीतिक , सामाजिक र सांस्कृतिक उत्पीडनमा पर्दै आएको श्रमिक समुदायको मुक्ति र अधिकारको पक्षमा काम गर्न र यसबारे अनुसन्धान गर्ने उदेश्यले श्रमिक समुदाय बिभाग निर्माण गरेको हो।यो बिभागको मुख्य जिम्मेवारी खासगरी श्रमिक समुदायको समस्यालाई अध्ययन- अनुसन्धान गर्नु र आवश्यकताअनुसार नीति निर्माणमा सुझाव दिनु हो।भारतीय महादिपमा राजामहाराज , रिषीमुनीहरुले समाजलाई जसरी बिखण्डित गर्ने काम भयो, यसले श्रमिक समुदाय बर्ग जुन छ त्यो एकदमै दबिएर आयो, अहिले पनि दबिएकै अवस्थामा छ।यसलाई मानव समाजको नयाँ परिभाषा दिनुपर्ने आबश्यकता छ र हामी त्यो दिशामा काम गर्न प्रयास गर्दैछौ।

    नेकपाले जात ब्यवस्थामा आधारित संरचनाबाट मुक्त गरेर नयाँ समाज निर्माण गर्ने हिसाबले जुन युगन्तकारी घोषणा गर्‍यो,त्यो निकै महत्त्वपूर्ण छ।यसले अब मानव समाजलाई नयाँ ढङ्गले परिभाषित गर्नेछ।सी जतीको निर्माणले नै सिङ्गो मानवसमुदायलाई एउटा जातिमा बाधिन आबश्यक छ।त्यसक्रममा हामीले देशभर २९ वटा जिल्लामा अन्तर्कृया गरेका छौं ।कुराकानीको क्रममा थोरै मानिसहरुले मात्रै हाम्रो प्रस्ताव र नयाँ जाती निर्माणबारे केही जिज्ञासा र फरक बुझाइ राखेको पाएका छौ, समाजको ठूलो हिस्सामा हाम्रो प्रस्तावमा निकै सकारात्मक धारणा पायौं ।

    अहिले बैज्ञानिक समाजवादमा आधारित भएर नेपाली बिषेसताको समाजवादको जुन बहस सञ्चालन भैरहेको छ, र सिङ्गो मानव समुदायको मुक्तिको बाटो तय गर्ने जुन प्रयत्न भैरहेको छ, त्यही कुरालाई नै मद्दत हुनेगरी हाम्रो बिभागले काम गरिरहेको छ।हामीले देशभर गरेका अन्तर्कृयामा कानुनबिद, समाजशास्त्री , , पत्रकार , राजनीतिज्ञ देखि समाजका प्रबुद्ध मानिएका विभिन्न व्यक्तिले समेत भाग लिएका थिए।

    कुनैपनि सहि बिचारलाई स्थापित गर्न र कार्यान्वयन गरेर साबित गर्न कुनै न कुनै संस्था त आवश्यक भैहाल्छ,।समाज जसरी निरन्तर अगाडि बढिरहेको हुन्छ,यसमा केही असहमति वा भिन्न बुझाई त आइहाल्छन।यसरी नै नयाँ बिचारलाई स्थापित गर्न सकिन्छ।परिवर्तनको यो यात्रामा हामी घनिभुत रूपमा अगाडि बढी नै रहने छौं ।

    कुनैपनी नयाँ काम गर्दाखेरी चुनौती भन्ने चिज त आइहाल्छन,हाम्रो बिभागको कामको क्रममा पनि केही व्यवधान हुन्छन् नै।समाजमा अहिले आध्यात्मिक बिचार र भौतिकवादी बिचार दुबै भएकोले यी दुई वटा बिचारको बिचको टक्कर छ।धार्मिक कट्टरताको समस्या छ।यसलाई परास्त गर्ने कुरा नै बिचारधारात्मक रूपमा अहिलेको ठूलो चुनौती हो।

    (श्रमिक समुदाय बिभाग प्रमुख सन्तोषीसङ्ग शेरबहादुर बिश्वकर्माले गरेको कुराकानीमा आधारित सामग्री)

    प्रतिकृया दिनुहोस्