News Portal

  • नागरिकको सुरक्षा र समाजमा अमनचयन ल्याउनु मेरो पहिलो प्राथमिकतामा छ ः उपरीक्षक कँडेल

    जनगर्जन संवाददाता२०८० फाल्गुण २७
    ५३ पटक

    बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङका नव आगन्तुक प्रहरी उपरीक्षक ऋषिराम कँडेलले नागरिकको सुरक्षा र समाजमा अमनचयन कामय राख्ने प्रहरीको पहिलो प्राथमिकता रहेको बताए ।

    आईतबार जिल्ला प्रहरी कार्यालय बागलुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कानून कार्यान्वयनमा कुनै सम्झौता नहुने बताउनु भयो । कँडेलले जिल्लामा शान्ति सुरक्षामा खलल पु¥याउने तथा अपराधिक क्रियाकलापमा संलग्न कसैलाई पनि नछाड्ने बताए ।

    साइबर अपराध र लागू औषध नियन्त्रणमा जोड दिने बताउनु भयो । पछिल्लो समय साइवर अपराध र लागू औषध समस्याको रुपमा रहेको बताउँदै यसको समाधानका लागि समुदाय स्तरमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने बताए।

    जिल्लामा शान्ति, सुरक्षालाई मजबुत बनाउने विषयमा आफू कटिबद्ध भएर लाग्ने बताउनु भयो । प्रहरी कार्यालयबाट उपलब्ध हुने सबै खाले सूचना प्रवाहमा कुनै पनि समस्या नहुने बताउँदै सूचनाहरू सबैले सहज रूपमा प्राप्त गर्ने वातावरणको सिर्जना हुने बताए ।

    कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर बाट सरूवा भएर बागलुङ आउनुभएका प्रहरी उपरीक्षक कँडेलले प्रहरीलाई कुनै पनि दवाब र प्रभावमा परेर काम नगर्ने बताए ।

    आफु जिल्लामा बसुन्जेल जिल्ला प्रहरी कार्यालय बागलुङ कुनै पनि दवाब र प्रभावमा नपरिकन काम गर्ने सबैलाई न्याय बराबर हो भन्ने अनुभुती दिलाउने गरि काम गर्ने प्रहरी उपरीक्षक कँडेलले भनाई छ ।

    बागलुङको बारेमा आफुले धेरै बुझिसकेको हुदा अपराध नियन्त्रण शान्ति सुरक्षा कायम गर्न भुमिका खेल्ने कँडेलले बताए ।

    प्रहरीलाई मानसिक र शारीरिक रूपमा स्वस्थ राख्दै प्रविधिमैत्री बनाएर लैजाने योजना बनाएको प्रहरी उपरीक्षक कँडेलले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्