News Portal

  • कपिलवस्तुको कृष्णनगरमा मौलायो तस्करी , प्रहरी, प्रशासन मौन

    जनगर्जन संवाददाता२०८० फाल्गुण २७
    ८२ पटक

    कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर अन्तर्गत पर्ने नेपाल-भारत सिमानामा तस्करहरुको गिरोह सक्रिय भएको छ ।

    भारतबाट अवैध सामाग्री सम्साझै बिना रोकटोक नेपालमा तस्करी गरेको भिडियो बहिरिएको छ ।

    भिडियोमा भारतबाट तस्करहरुले बोरा लिएर नेपाल तर्फ प्रवेश गरेको देख्न सकिन्छ । १६ सेकेन्डको भिडियोमा ७ जानको तस्करको टोलीले ठुलोठुलो बोरा लिएर भागदौड गर्दै भारतबाट नेपाल प्रवेश गरेको देख्न सकिन्छ ।

    नेपाल प्रहरी र सशस्त्र प्रहरीको खटिने नाकाबाट यसरी अवैध सामग्री तस्करी हुदा सुरक्षा निकायमाथी नै प्रश्न चिन्ह खडा भएको छ ।

    टाउकोमा बोरा लिएर नेपाल प्रबेश गरेको भिडियो अनुसार सिमानाकामा तस्करहरु मौलाएको सहजै अनुमान लगाउन सकिन्छ ।

    यस विषयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले कुनैपनी प्रतिक्रिया सार्वजनिक गरेको छैन ।

    प्रतिकृया दिनुहोस्