
नेकपा पुर्वी प्युठानकाे दाेस्राे पुर्ण बैठक सम्पन्न
राजेन्द्र रावत क्षेत्री
नेपाल कम्युनिस्ट पार्टी पुर्वी प्युठानकाे दाेस्राे पुर्ण बैठक अाज पार्टी कार्यालय जुम्रीमा सम्पन्न भएको छ ।
नेकपा पश्चिम लुम्बिनी व्यूराे अन्तरगत पुर्वी प्युठानकाे दाेस्राे पुर्ण बैठक महत्त्वपूर्ण निर्णय गर्दै अाज सम्पन्न भएको हाे ।
बैठकले समाजवादी माेर्चा नेपाल काे संरचना स्थानीय तह सम्म बिस्तार गर्न पहल गर्नेफ, लघुवित्त वित्तीय संस्था, मिटर ब्याज र विभिन्न सहकारी संस्थाहरुकाे मनपरीका विरुद्ध सशक्त रुपमा संघर्ष गर्ने लगायतका महत्त्वपूर्ण निर्णय गरेकाे छ ।
त्यस्तै बैठकले अागामी चैत ५ गते साँस्कृतिक प्रतिराेध दिवसको अवसर पारी प्युठान नगरपालिका मा “वर्तमान राष्ट्रिय संकट र समाधान” विषयक अन्तरक्रिया कार्यक्रम गर्ने पनि निर्णय गरेकाे छ । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा प्युठानका इन्चार्ज कमरेड जागृति सी ले यहि फागुन २२ गते सम्पन्न पश्चिम लुम्बिनी व्यूराेकाे पाँचौ पुर्ण बैठककाे भाव सम्प्रेषण तथा जिल्ला कमिटीले लाई जनताकाे बिचमा पुगि वर्तमान दलाल संसदिय व्यवस्थाकाे विरुद्ध नेपाली विषेशता समाजवाद स्थापनाकाे लागि व्यापक रुपमा अन्तरक्रिया गर्न निर्देशन दिए । बैठकमा नेकपा का केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा प्युठानका पुर्व इन्चार्ज कमरेड सुर्यप्रकाश सी, सहिद परिवार तथा जिल्ला सल्लाहकार कमरेड माेहन सी व्यूराे कार्यालय बाट कमरेड प्रदिप सी लगायतकाे विशेष अातिथ्यता रहेकाे नेकपा का केन्द्रीय प्रतिनिधि समपति सदस्य तथा पुर्वी प्युठान का सेक्रेटरी कमरेड मुस्कान सी ले जानकारी दिए । बैठक जिल्ला सेक्रेटरी मुस्कान सी काे अध्यक्ष्ातामा सम्पन्न भएको थियाे ।