News Portal

  • सल्यानमा नयाँ खबर पत्रिका बिमाेचित

    जनगर्जन संवाददाता२०८० फाल्गुण १९
    १११ पटक

    भीम भारती
    सल्यान । सल्यानमा एक अन्तर्कृया कार्यक्रमका बिच विचार र अन्तरक्रियामुखी त्रै- मासिक पत्रिका ‘नयाँ खबर’ बिमाेचन गरिएको छ। सल्यान जिल्लाबाट पहिलोपटक प्रकाशित साे वैचारिक पत्रिका जिल्लाकाे दार्मा गाउँपालिकाकाे केन्द्र फारुला बजारमा बिमाेचन गरिएको हाे। पत्रिकालाई नेपाल कम्युनिस्ट पार्टीका पाेलिटव्युराे सदस्य कमरेड आधार सीले बिमाेचन गर्नु भएको हाे।

    कार्यक्रमका प्रमुख अतिथि रहनु भएका कमरेड आधार सीले पत्रिका बिमाेचन गर्दै, जिल्लामा खाँचाे परेको बाैद्विक कार्य वैचारिक पत्रिका प्रकाशन हुनु खुसीको विषय भएको बताउनु भयो । समान्य क्षमताले वैचारिक पत्रिका संचालन हुन गार्हाे हुने भन्दै उहाँले भन्नु भयो, ‘यश पत्रिकामा पत्रिकाका सम्पादक, प्रकाशक र पत्रिकामा जाेडिएकाे टिमले आफ्नो कार्य क्षमता तथा बाैद्विक क्षमता देखाएको छ।’

    पत्रिका बिमाेचन कार्यक्रमका अतिथि रहनु भएका जिल्ला समन्वय समिति सल्यानका उप-प्रमुख कमरेड असविर बुढाथोकी ‘रैति’ले जिल्लाबाट यस्तो पत्रिका प्रकाशन भएकोमा आफूलाई खुसी लागेको बताउनु भयो ।
    कार्यक्रममा सल्यानका चर्चित पत्रकार रेडियो तहल्काका स्टेसन म्यानेजर, समाजसेवी डिल्ली राज रावतले जिल्लामा अरु मिडियाहरु भएको भए पनि यस्तो पत्रिकाकाे अभाव रहेकोमा नयाँ खबरले साे अभाव पूरा गरेको बताउनु भयाे।

    पत्रिका बिमाेचन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का कर्णाली प्रदेश सदस्य कमरेड अनन्त प्रसाद शर्मा ‘बिन्दु गाैतम’, नेपाली काँग्रेस सल्यान जिल्ला कार्य समितिका पुर्व सचिव रामचन्द्र के.सी., नेकपा (एकीकृत समाजवादी) का कर्णाली प्रदेश समिति सदस्य कमरेड दल बहादुर दाहाल, फारुला बहुमुखी क्याम्पसमा प्रमुख दीपक शर्मा, जनज्योति माध्यमिक विद्यालय फारुलाका प्रधान अध्यापक मीन राज वली, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ढाकाडामकाेटका प्रधान अध्यापक प्रताप चन्द लगायतका अतिथिहरुले जिल्लामा यस्तो पत्रिका प्रकाशन भएकोमा खुसी व्यक्त गर्दै पत्रिका सफलताको शुभकामना दिनु भएको थियो ।

    पत्रिका बिमाेचन कार्यक्रम पत्रिकाका सम्पादक तथा प्रकाशक भीम भारतीकाे अध्यक्षतामा भएको थियो भने कार्यक्रमकाे संचालन पत्रिकाका प्रबन्धक निर्देशक मदन चन्दले गर्नु भएको थियो ।

    साे पत्रिकाका संरक्षकहरु, कमरेड आधार सी, कमरेड असल सी, कमरेड बन्धु सी र वरिष्ठ अधिवक्ता एकराज भण्डारी रहनु भएको छ। त्यस्तै पत्रिकाकाे सल्लाहकारहरु, लाेकबार्ताविद वामपन्थी बुद्धिजीवी मनाेहरु लामिछाने, नेकपाका केन्द्रीय सदस्य तथा राप्तव्युराे इन्चार्ज कमरेड सविन सी, साे पार्टीका केन्द्रीय सदस्य तथा दक्षिण सल्यान जिल्ला इन्चार्ज कमरेड अनिल सी र राजनीतिकर्मि तथा समाजसेवी ओपेन्द्रनाथ याेगी रहनु भएको छ। त्यस्तै पत्रिकाकाे कानुनी सल्लाहकार अधिवक्ता विपना याेगी हुनुहुन्छ ।

    प्रतिकृया दिनुहोस्