News Portal

  • सवारी ज्यान मुद्दामा धर्मेन्द्र बास्तोला दोषी ठहर

    जनगर्जन संवाददाता२०८० फाल्गुण १७
    ६१ पटक

    काठमाडौं । क्रन्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्रप्रसाद बास्तोला सवारी ज्यान मुद्दामा दोषी ठहर भएका छन ।

    आइतबार दाङ जिल्ला अदालतका न्यायधीश मनोजकुमार श्रीवास्तवको इजलासले बास्तोलालाई दोषी ठहर गर्दै १ वर्ष कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएका हुन् ।

    पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका-५ सिङ्गे नजिकै बास्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    ठक्करबाट दाङको राप्ती गाउँपालिका-५ का २९ वर्षीय वसन्तराम चौधरीको मृत्यु भएको थियो ।

    प्रतिकृया दिनुहोस्