News Portal

  • वर्गीय मुक्ती विना जातिय मुक्ति सम्भव छैना:-सन्जिव सी

    जनगर्जन संवाददाता२०८० फाल्गुण १६
    ५० पटक

    राजेन्द्र रावत क्षेत्री

    प्यूठान । नेकपाका पोलिटव्यूरो सदस्य तथा पश्चिम लुम्विनी ब्युरो इन्चार्ज सञ्जिव सीले वर्गिय मुक्ति विना जातिय मुक्ति सम्भव नभएको बताएका छन् ।
    नेपाल कम्यूनिष्ट पार्टी श्रमिक समुदाय मोर्चा केन्द्रीय विभागद्धारा बिजुवारमा आयोजित “परिवर्तित सन्दर्भमा श्रमिक समुदायको अबस्था र दायित्व” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै इन्चार्ज सञ्जिव सीले यस्तो बताएका हुन् ।
    नेता सञ्जिवले गोत्र,कुल र कविला समाज रक्त सम्वन्धका आधारमा कतै सामान्य आवश्यक जस्तो देखिए पनि एउटा विचार,निति र सिद्धान्तका रुपमा सामान्ती राज्य र धार्मिक अन्धविश्वासमा अल्झिएको बताए।

    उनले भने, “समाजले श्रमिक समुदायमाथी सचेतता पुर्वक लादिएको अमानविय शोषण दमन नै जातिय विभेद हो । यसकारण सम्पुर्ण उत्पिडन र खासगरी जात व्यवस्था उन्मुलनको एकमात्र विकल्प वर्गिय उत्पिडनको अन्त्य नै हो ।”

    अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रीय सल्लाहकार तथा श्रमिक समुदाय केन्द्रिय विभाग प्रमुख सन्तोषी सी ले “परिवर्तित सन्दर्भमा श्रमिक समुदायको अवस्था र दायित्व” विषयक अवधारणा पत्र प्रस्तुत गरेकी थिइन् ।

    अवधारणा पत्रमा विषय प्रवेश को रुपमा समस्या,उत्पति,इतिहाँस,वर्तमान र भविष्यबारे, श्रमिक समुदायले नेता भोगिरहेका समस्या, श्रमिक समुदायमा समस्याका कारण,श्रमिक समुदायको कार्यभार र सी जाति तथा सी समाजको स्थापना र विकाश सम्बन्धित विषयहरु समेटिएका थिए ।

    कार्यक्रममा प्रस्तुत अवधारणा पत्रमाथि केही वक्ताहरुले सकारात्मक टिप्पणी गरेका थिए । टिप्पणीकारहरुले जात व्यवस्था उन्मुलनको लागी वर्गिय मुक्ति नै एकमात्र विकल्प रहेको र वर्गिय मुक्ति आन्दोलनको नेतृत्व नेकपाले नै गर्नु पर्नेमा जोड दिएका थिए ।

    कार्यक्रममा संयुक्त राजनितिक दलित संघर्ष समितिका संयोजक जयमन नेपाल, दलित मुक्ति मोर्चा प्यूठानका अध्यक्ष केशव वि.क.,एकिकृत समाजवादी मोर्चा प्यूठानका प्रतिनिधि खेम सुनार, दलित अभियानता भरत सुनार, अर्जुन गन्धर्व, खिम बहादुर परियार, समाजसेवि वुद्धिजिवि प्रकाश सुवेदी, मुर्तिकार भिम बहादुर वि.क.लगायतले टिप्पणी गरेका थिए ।
    कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा प्यूठानका इन्चार्ज जागृती सी, केन्द्रीय प्रतिनिधी समिति सदस्य तथा यूवा संगठन नेपालका केन्द्रीय सचिव विश्लेषण सी, केन्द्रीय प्रतिनिधी समिति सदस्य तथा नेकपा पुर्वी प्यूठानका सेक्रेटरी मुस्कान सी, पश्चिम प्यूठानका सेक्रेटरी परिवर्तन सी, शहिद परिवार तथा पार्टीका जिल्ला सल्ल्लाहकार मोहन सी, भुतपुर्व जनमुक्ति सेना नेपाल प्यूठानका संयोजक नितिन सी लगाएको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता केन्द्रीय विभाग प्रमुख सन्तोषी सी, स्वागत मनतव्य, गोपीलाल सी र सुष्मा सीको संचालनमा सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस्