News Portal

  • पुरानो इतिहास लाई फर्केर हेर्दाको दिन।।

    जनगर्जन संवाददाता२०८० फाल्गुण १३
    ५८ पटक

    लडाइपछि साच्चिकै पुरानो सत्ता र जनमुक्ति सेना तथा उदियमान जनसत्ताबीच शक्तिसन्तुलन कायम भएको थियो।सरकारी सेनाले जतिसुकै साधन, श्रोत र प्राविधि प्रयोग गरेर पनि जनमुक्ति सेनालाई जहाँ पायो त्यहीँ लखेटिहाल्न/ पिछा गर्न संभव थिएन।जनसेना फलानो ठाँउमा छ भन्ने थाहा पाएर पनि उसले आक्रमण गरिहाल्न गार्हो थियो।त्यतिन्जेल छापामार ( लुकेर हान्ने र भाग्ने तरिका) ढंगले लडिरहेको जनसेन मङ्गलसेन मोर्चापछि भने मोर्चाबद्द ढङ्गले प्रतिरोध गर्न सक्ने ठाउँमा आइपुगेको थियो।संकटकाल लागु हुनुभन्दा पहिले माओवादीले प्रहरीसङ्ग लड्न सकेपनि आर्मीसङ्ग लड्नै सक्तैन भन्न्ने राज्य र एकहदसम्म अन्तर्राष्ट्रिय बिज्ञहरुको बुझाइ थियो।दाङ कारबाहीमा जेनतेन लडाइ जितेपनि अब भने शाहीसेनासङ्ग माओवादी असफल हुन्छ, टिक्न सक्तैन  भन्ने अनुमानका बीच भएको मङ्गलसेन मोर्चापछि भने उनीहरुको बिष्लेषणले फेल खाएको थियो।

     ***

    संभवत मङ्गलसेन लडाइको लगत्तै वा भोलिपल्ट हुनुपर्छ,अमेरिकी बिदेशमन्त्री कोलेन पावेलले नेपाल भ्रमण गरे।अब माओवादी नियन्त्रण गर्ने  योजना  संसदवादी पार्टी, सुरक्षानिकाय र राजा ज्ञानेन्द्रको काबु बाहिर जाँदै थियो।यो परियोजना अब  तथाकथित अन्तरास्ट्रिय शक्तिकेन्द्रको चासो र सरोकारको बिषय हुनेभयो।त्यसपछि माओवादीलाई कसरी कमजोर बनाउने? एनजीओ/ आइएनजिओ मार्फत कसरी  महिला, दलित, जनजाति, थारु लगाएतका बस्तीमा विभिन्न स्वरोजगारमूलक कार्यक्रम दिएर राजनीतिक आन्दोलनबाट बिमुख बनाउने भन्ने कुरामा युरोपियनहरु र पश्चिमाहरु लागे।वैदेशिक रोजगारका नयाँ नयाँ गन्तव्यहरु खोज्ने र रातारात मेनपावर कम्पनीहरु  मार्फत युवायुवतीहरुलाई बिदेश पठाउने योजनाहरु बनाउन थालियो।यसको पछाडि नेपालमा बढ्दै गैरहेको कम्युनिस्ट प्रभाव रोक्ने, भुराजनीतिक दृस्टीले समाजवादी देश चीनको प्रभाव संकुचन गर्ने र अन्तिम मान्छे भनिएको नवउदारीकरण अन्तर्गतको संरचनगत समायोजन कार्यक्रमलाई नेपालमा बेरोकटोक कार्यान्वयन गर्नेकुरासङ्ग सम्बन्धित  थियो।

    मङ्गलसेन फौजी मोर्चापछि नै देशका अधिकाङ्स गाउँहरुमा  पुरानो सत्ताको उपस्थित खाली हुँदैगएको थियो ।आधारइलाका, जनसत्ता र जनअदालतहरु अब घुम्ती ढङ्गले  होइन, स्थायी संरचनामा बदलिदै थिए।जनस्तरमा समेत अब जनमुक्तिसेन शाहीसेनासङ्ग पनि  लडाइमा बिजयी हुनसक्छ भन्ने मानक स्थापित हुँदै थियो।एउटा बैकल्पिक सत्ताको अभ्यास जारी थियो।नयाँ मूल्यमान्यता,संरचना,संस्कार- संस्कृती, सञ्चारप्रबिधि र पहलकदमी अगाडि आउदै थिए।गाउँमा सामाजिक विभेद, अन्धबिश्वास र रुढीबाद कमजोर हुँदैगैरहेको थियो।अन्तरजातीय बिबाह,सामाजिक सहअस्तित्व र सहकार्यको नयाँ भस्य सिर्जना हुँदैथियो।

    प्रतिकृया दिनुहोस्