News Portal

  • जनगर्जन संवाददाता२०८० फाल्गुण ८
    ४४ पटक

    हेमन्त प्रकाश ओली ।
    फागुन ८ , दाङ । बझाङमा राष्ट्रिय संकट र समाधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
    सोमबार बुङ्गल नगरपालिका ४ बझाङ स्थित सरस्वती माबिको सभाहलमा भएको कार्यक्रम सम्पन्न भएको थियो ।

    नेकपाका केन्द्रीय सदस्य एवम राप्ती ब्युरो इन्चार्ज सविन सीको प्रमुख आतिथ्यमा सुरु भएको अन्तरक्रिया कार्यक्रममा बुङ्गल नगरपालिकाका उपमेयर धन बहादुर बोहरा , नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य एवम पार्टीका राप्ती ब्युरो कार्यालय सचीव विकाश सी , बुङ्गल नगरपालिका कार्यपालिका सदस्य शुरेश ओखेडा , बुङ्गल नगरपालिका वडा नं. ४ का सदस्य जनक कुँवर , त्रीवेनी आदर्श क्याम्पसका क्याम्पस प्रमुख डम्वर कार्की , सरस्वती माबीका प्रधानाध्यापक माधवराज जोशी , त्रीवेनी आदर्श क्याम्पसका सहायक क्याम्पस प्रमुख अक्कल कुँवर , नेकपा ( माओवादी केन्द्र ) बुङ्गल नगर सचिव हेमन्तराज जोशी , नेकपा एमालेका बुङ्गल नगर सचिव दिपकराज जोशी , नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य कर्ण धामी , एकीकृत अखिल नेपाल शिक्षक संगठन बुङ्गल नगर अध्यक्ष हेमन्त बहादुर सिंह , नेपाल शिक्षक संघ बुङ्गल नगरका पुर्व अध्यक्ष हरेन्द्र भण्डारी लगाएतको आतिथ्य रहेको थियो ।

    नेकपा बझाङ क का सेक्रेटरी सेक्रेटरी प्रविन सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख वक्ता सविन सीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

    कार्यक्रमका अतिथिहरुले कार्यपत्रमाथी टिप्पणी गरेका थिए भने कार्यपत्रमाथीको सुझाबलाई प्रमुख वक्ता सविन सीले व्याख्या सहित प्रष्ट पारेका थिए ।

    कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य सविन सीले वर्तमान राष्ट्रिय संकट भनेको अहिलेको दलाल पुजीवादी संसदीय व्यवस्था भएको र यसको हल नेपाली बिशेषताको समाजवादले मात्रै दिने जिकिर गरेका थिए ।

    प्रतिकृया दिनुहोस्