कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टीका पाेलिटव्युराे सदस्य असल सीले जनयुद्धलाई अपराधिकरण गर्न खाेजिए युवाले फेरी बन्दुक उठाउने बताएका छन् । २९औं जनयुद्ध दिवसकाे अवसरमा नेकपाद्वारा केन्द्रीय कार्यालयमा आयाेजित शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना मन्तव्य राख्दै असलले यस्ताे बताएका हुन् ।
उनले जनयुद्ध, नेकपा र नेतृत्व विप्लव विरूद्ध षड्यन्त्र गरे युवाहरू मानव बम बन्न तयार रहेकाे बताए । उनले मानव बम वनेर देशकाे विकास र समृद्धि हुन्छ भने आफूहरू त्यसका लागि तयारी अवस्थामा रहेकाे उनकाे भनाई थियाे ।
उनले विप्लवप्रति सबै राजनीतिक दलका कार्यकर्ता, बुद्दिजिबी, पत्रकार, कलाकार र सम्पूर्ण जनता आशावादी भएकाले एकीकृत जनक्रान्ति सफल हुने जिकिर गरे । विप्लवले जनयुद्धलाई जीवन्त राख्न एकीकृत जनक्रान्तकाे विजाराेपण गरेकाे उनकाे भनाई थियाे ।
नेकपा महासचिव विप्लवकाे अध्यक्षता सुरू भएकाे कार्यक्रममा नेकपा पाेलिटब्युरा सदस्य संजिव सीले संचालन गरेका थिए । कार्यक्रममा सामान सांस्कृतिक टिमकाे कलाकारले बेजाेड प्रस्तुती प्रस्तुत गरेकाे थियाे ।
जनयुद्धलाई अपराधिकरण गर्न खाेजियाे भने युवाले फेरी बन्दुक उठाउँछन् : असल
जनगर्जन संवाददाता२०८० फाल्गुण १
- दलाल पुँजीवाद र साम्राज्यवाद विरोधी मोर्चामा एमाले पनि आउनुपर्छ : प्रवक्ता प्रकाण्ड
- पत्रकार महासंघ कपिलवस्तु शाखामा विवाद
- दाङका पुनराम चौधरीको निधनप्रति युवा संगठन नेपालका अध्यक्ष दिनेश सी द्वारा शोक वक्तव्य
- नेपाल–चीन सम्बन्धका विविध आयामबारे प्रधानमन्त्रीले सम्बोधन गर्ने
- जातीय विभेदको पराकाष्ठाः ‘दलितकै घरमा भान्सा,तर दलितलाईनै भान्सा छुन दिएन
- स्थाई समितिको बैठक सम्पन्न ??
- ‘कार्साङ’ चलचित्रले आफ्नो फिल्मको टिजर सार्वजनिक गर्दै
- श्रीमान, मलाई रातारात अपहरण शैलीमा पोखरा ल्याइयोः रवि लामिछाने
- अतिक्रमण गरिएको सार्वजनिक जग्गा खाली गरिदै धनगढीमा
- थप ४ दिन हिरासतमा राख्ने अनुमति