News Portal

  • विमान दुर्घटनामा वाग्नर समूहका प्रमुख प्रिगोजिन सहित १० जनाको मृत्यु

    जनगर्जन संवाददाता
    १३२ पटक

    काठमाडौं । वाग्नर लडाकु समूहका प्रमुख येभ्गेनी प्रिगोजिन चढेको विमान मस्कोको उत्तर पश्चिमी क्षेत्रमा दुर्घटना हुँदा प्रिगोजिनसहित सबै यात्रुको ज्यान गएको छ ।

    विमानमा वाग्नरका वरिष्ठ कमान्डर द्विमित्री उत्किन पनि रहेका थिए । विमानमा रहेका सबै १० जनाको शव फेला परेको आपत्कालीन सेवा प्रदायकलाई उद्धृत गरी बीबीसीले जनाएको छ । वाग्नर समूहसँग जोडिएको सामाजिक सञ्जाल अकाउन्टमा प्रिगोजिन मारिएको उल्लेख गरिएको छ ।

    त्यसमा विमान खसालिएको भन्दै रुसी हवाई प्रतिरक्षा निकायलाई दोष लगाइएको छ । गएको जुनमा रुसमा यो समूहले विद्रोह गरेको थियो । राष्ट्रपति भ्लादिमिर पुटिनसँगको समझदारीअनुसार विद्रोहपछि लडाकु समूहका प्रमुख बेलारुस गएको ठानिएको थियो।

    प्रतिकृया दिनुहोस्