News Portal

  • सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक छैन : सत्तारूढ गठबन्धन

    जनगर्जन संवाददाता
    १२८ पटक

    काठमाडौं । सत्ता गठबन्धनले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति नबनाउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न आवश्यक नरहेको निष्कर्ष निकालेको हो ।

    नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ । तर गठबन्धनको बैठकले तत्काल उच्चस्तरीय समिति गठन गर्नुपर्ने आवश्यक नरहेको निष्कर्ष निकालेको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए ।

    उनले भने, ‘संसद् अवरुद्ध छ, प्रतिपक्षले उच्चस्तरीय छानबिन समिति माग गरिरहेको छ । यता सीआईबीले अनुसन्धान गरिरहेको छ । यो अवस्थामा उच्चस्तरीय आयोग आवश्यक छ कि छैन भन्ने कुरा भयो । उच्चस्तरीय आयोग माग्नु भनेको अहिले भइरहेको छानबिनमा अवरोध गर्नु हो । यो केसलाई अवरोध गर्नु भन्नुखालको सहमति भयो ।’

    प्रतिकृया दिनुहोस्