News Portal

क्विन्टल सुन तस्करी प्रकरणमा रोहन अडुकिया पक्राउ

जनगर्जन संवाददाता
२१९ पटक

whatsapp sharing button
sharethis sharing button

काठमाडौँ । करिब सय किलो सुन तस्करी प्रकरणमा व्यापारी रोहन अडुकिया पक्राउ परेका छन् । भारतबाट फर्किने क्रममा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ परेका हुन् ।

दिल्ली हुँदै नेपाल आएका उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागलाई बुझाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्दले जानकारी दिए । उनी व्यापारी राजेश अकुडियाका छोरा हुन् ।

प्रतिकृया दिनुहोस्