News Portal

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ

जनगर्जन संवाददाता
२१५ पटक

sharethis sharing button

काठमाडौं । सय किलो भन्दा बढी सुन तस्करी प्रकरणमा थप दुई  जना पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले चिनियाँ नागरिकद्वय ली जियालिन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरेको हो ।

चीन जान लागेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको अध्यागमन स्रोतले जनाएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि अध्यागमन कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को जिम्मा लगाएको छ ।

हालसम्म सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।

प्रतिकृया दिनुहोस्