News Portal

  • गौर हत्याकाण्डबारे आफ्नो धारणा सार्वजनिक गर्दै जसपा

    जनगर्जन संवाददाता
    १२६ पटक

    काठमाडौं । गौर हत्याकाण्डबारे जनता समाजवादी पार्टी (जसपा) ले आज धारणा सार्वजनिक गर्ने भएको छ । सरकारले गौर हत्याकाण्ड पीडितसँग छानबिन गर्ने सम्झौता गरेपछि सरकारसँग सशंकित रहेको जसपाले उक्त घटनाबारे आफनो धारणा सार्वजनिक गर्न लागेको हो ।

    ‘आज दिउँसो २ बजे गौर हत्याकाण्डलगायत पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पार्टीको धारणा सार्वजनिक गर्दैछौं,’ प्रवक्ता मनिष सुमनले भने ।

    सरकारले गौर हत्याकाण्ड पीडितसँग उक्त घटनाका बारेमा छानबिन गर्ने प्रतिवद्धता हालै जनाएको थियो । त्यसपछि जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टीका नेताहरु, गठबन्धनमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालसँग चासो व्यक्त गरेका थिए ।

    १७ वर्षअघि रौतहटको गौरस्थित, राइस मिल मैदानमा तत्कालीन नेकपा माओवादी र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम नेपालका कार्यकर्ताबीच भएको झडपमा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए ।

     

    प्रतिकृया दिनुहोस्