News Portal

  • पाटन दरबार क्षेत्रका दुई मन्दिरको माथिल्लो तलामा सर्वसाधारणलाई रोक

    जनगर्जन संवाददाता
    ८८ पटक

    काठमाडौं । ललितपुरको पाटन दरबार क्षेत्रमा रहेका दुई वटा मन्दिरको माथिल्लो तलामा नगर प्रहरीले सर्वसाधारणलाई रोक लगाएको छ । कृष्ण मन्दिरको उत्तरतर्फ रहेको विश्वनाथ मन्दिर र हरिशंकर मन्दिरको माथिल्लो तलामा सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।

    उनका अनुसार माथिलो तलामा गएका युवायुवतीले अंकमाल र चुम्बन गरेर बसेको भिडियो सार्वजनिक भएपछि पर्यटक र भक्तजनहरुले गुनासो गरेका थिए । त्यस्तै माथिल्लो तलामा मानिसहरु जाँदा भगवानको मूर्ति खुट्टामुनि पर्न गएको भक्तजनहरुबाट गुनासो आएको थियो ।

    महानगर प्रमुख चिरिबाबु महर्जनको निर्देशनमा ती मन्दिरको माथिल्लो तलामा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको हाछेथुले बताए । ‘पर्यटकहरुले पनि फोटो खिच्दा मान्छेको टाउको मात्र आयो भनेर गुनासो गरे । परिवारका सदस्यसहित मन्र घुम्न आउनेहरुले अप्ठेरो महसुस गरेकाले मेयर साबको निर्देशनमा हामीले ती मन्दिरमा प्रवेशमै रोक लगाएको हो’ उनले भने ।

    अब कृष्ण मन्दिर र जगतनारायण मन्दिरमा पनि प्रवेशमा रोक लगाउने हाछेथुले बताए । विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म नगर प्रहरीले मन्दिर क्षेत्रमा गस्ती गर्छ भने राति ८ देखि ११ बजेसम्म गाडीमार्फत मोवाइल गस्ती गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्