News Portal

  • दबाव दिन टर्च लाइट बालेर ठगकुमार (देवकुमार )खोजिदै

    जनगर्जन संवाददाता
    ९२ पटक

    बागलुङ -: प्रहरी प्रशासनले इमेज सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिका मेयर देव कुमार नेपालीलाई खोजविन गरि पक्राऊ गर्न आनाकानी गरेको भन्दै पीडितहरुले ब्याङ्गात्मक रुपमा टर्च लाइट बालेर विरोध गर्ने भएका छन् ।

    इमेज सहकारी पीडित बचतकर्ता संघर्ष समितिले आफ्ना संघर्षका कार्यक्रम सार्वजनिक गर्दै प्रहरी प्रशासनलाई दबाव दिन टर्चलाइट बालेर देवकुमार नेपाली खोज्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

    समितिले यहि साउन १४ गते साँझ ७ बजेबाट देवकुमार लगायत सहकारी ठगहरुलाई टर्च लाइट बालेर बागलुङ, गलकोट, बुर्तिबाङ र पोखरा लगायतका ठाउँहरुमा खोजिने संघर्ष समितिका शेखर खड्काले बताए ।
    संघर्ष समितिको कार्यक्रम अनुसार आज (शुक्रबार) बागलुङ बजार, गलकोटको हटिया बजार, ढोरपाटनको बुर्तिबाङ बजार र पोखराको मुख्य बजार लगायतका चोकमा देवकुमार नेपली लगायतका सहकारी ठगहरु हराएको सूचना फोटो सहित टाँसिने उल्लेख गरिएको छ ।

    दोस्रो चरणको आन्दोलनमा यहि साउन १२ गते बागलुङ, गलकोट, बुर्तिबाङ र पोखराको मुख्य शहर बजारमा बचत फिर्ताको माग सहित मोटरसाइकल र्याली गरिने छ ।

    बागलुङ र पोखराका बचतकर्ताको करिब ३ अर्ब रुपैयाँ अपचलन गरि नेपाली गत जेठ ५ गतेदेखि फरार रहेका छन् । उनी फरार भएको दुई महिना बितिसक्दा समेत प्रहरी प्रशासनले उनको बारेमा कुनै सुइको पाउन सकेको छैन ।

    नेपाली प्रहरी प्रशासन र राजनीतिक दलको संरक्षणमा रहेको हुन सक्ने आशंका व्यक्त गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस्