News Portal

  • घोडाबाँधे भ्यूटारमा १९८ राष्ट्रका झण्डात्तोलन, बेलढुङ्गामा पर्यटन उत्सव

    गाजा दह, हलहले, सिलकोट, घोडाबाँधे हुँदै बेलढुङ्गासम्म पदयात्रा घोडाबाँधे भ्यूटारमा १९८ राष्ट्रका झण्डात्तोलन, बेलढुङ्गामा पर्यटन उत्सव

    जनगर्जन संवाददाता
    १०२ पटक


    बागलुङ / जिल्लाको काठेखोला गाउँपालिका र गलकोट नगरपालिकाको संगमस्थल पर्यटकीय क्षेत्र घोडाबाँधे भ्यूटारमा १९८ देशका झण्डा राखिएको छ । घोडाबाँधे क्षेत्रलाई पर्यटकीय गन्तब्य बनाउन विश्व समुदायसंग जोड्ने उदेश्य सहित सवै देशका झण्डा राखिएको पर्यटन अभियान्त खिमानन्द कँडेलले वताए । नयाँ बर्ष २०८०को अवसरमा ग्लोबल कल्चर भिलेज नेपालले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा १९८ देशका झण्डा झण्डात्तोलन गरिएको हो ।

    सो अवसरमा शुभकामना दिदै गण्डकी प्रदेशसभाका सदस्य कुसुम बुढा मगरले स्थानीय भुगोल, सम्पदा, संस्कृतीको पहिचान र चिनारीबाट पर्यटन प्रवद्र्धन गर्न स्थानीय जनसमुदाय नै जागरुक हुनुपर्ने वताईन । उनले घोडावाँधे क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनको लागि आफ्नो तर्फबाट प्रदेश सरकार र संघिय सरकारमा ताकेता गर्ने वताईन ।

    कार्यक्रममा गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे र जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले यस क्षेत्रलाई पर्यटकीय रुपमा विकास गर्न स्थानीय सरकारको लगानीमा मात्रै सम्भव नहुने वताउदै प्रदेश र संघ सरकारको पनि ध्यान पुग्नुपर्ने वताए । यसका लागि योजनावद्ध पूर्वाधारका काम हुनुपर्नेमा उनीहरुले जोड दिए ।

    धौलागिरी क्षेत्रको पर्यटन प्रवद्र्धनका अभियान्ता कृष्ण केसीले समग्र विकासका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारको समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिदै त्यसका लागि आफु निरन्त्तर लागिरहेको वताए । स्थानीयले ससाना पूर्वाधार र प्रचारप्रसारमा ध्यान दिएमा पर्यटन मार्फत यस क्षेत्रमा ठूलो अवसर सिर्जना हुने वताए ।

    काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष तेज बहादुर थापा तिलकले स्वागत मन्तब्य र ग्लोबल कल्चर भिलेजका संयोजक गुमानसिङ बुढाथोकीले सञ्चालन गरेका थिए ।

    यसैविच, बेलढुङगा पर्यटन प्रवद्र्धन केन्द्रले बागलुङ र म्याग्दीको संगम स्थल बेलढुङ्गामा पर्यटन उत्सव गरेको छ । सो अवसरमा स्थानीय संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

    सो अवसरमा प्रदेशसभाका सदस्य दिपेन्द्र थापा, काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा, उपाध्यक्ष तेजवहादुर थापा तिलक, वडा अध्यक्ष कुल वहादुर विक, कृष्ण केसी लगायतले शुभकामना दिएका थिए ।

    त्यस्तै, नयाँ बर्षको अवसरमा घोडाबाँधे क्षेत्रलाई पर्यटकीय हब बनाउने उद्देश्यले गाजा, हलहले, सिलकोट, घोडाबाँधे हुँदै बेलढुङ्गा धम्जासम्म पदयात्रा गरिएको छ ।

    प्रतिकृया दिनुहोस्