News Portal

  • सातौं भक्तपुर औद्योगिक महोत्सवमा चैत्र ३० गते बिहिबार यी लोकप्रिय कलाकारहरुको बेजोड प्रस्तुति दिदैं

    जनगर्जन संवाददाता
    ७४ पटक

    काठमाडौं । सातौं भक्तपुर औद्योगिक महोत्सवमा चैत्र ३० गते बिहिबार लोकप्रिय कलाकारहरु गायक रोज मोक्तान, दुर्गेश थापा, हास्य कलाकार दमन रुपाखेती,मोडेल टिकटकस्टार स्मारिका ढकाल समारिका ढकाल, बाल कलाकार ट्विन्स ब्रदर जेविन जेनिस श्रेष्ठ ढकाल आयुसी ढकाल, गायिका पुजा पुरी, गायक रमेश श्रेष्ठ मेलोडी, उद्घोषक अनित बिष्ट, नृत्य प्रतियोगिताका निर्णायकहरु सुमन कुमार श्रेष्ठ, नृत्य संयोजक इन्द्र बिशुन्के लगायत स्थानिय कलाकारहरुको प्रस्तुति रहने भएको छ।

    औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज व्याण्डको आयोजना एवं भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा सल्लाघारीस्थित सुरु भएको सातौं भक्तपुर औद्योगिक महोत्सवमेला बैशाख ४ गतेसम्म चल्नेछ। मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिशत सम्म छुटको ब्यबस्था छ भने मेलामा प्रवेश शुल्क रु ७० र ५० मात्र रहेको जानकारी अध्यक्ष सन्दिप महतले गराएका छन्।

    मेलाको अन्तिम दिन अर्थात बैसाख ४ गते बिशेष कन्सर्ट कार्यक्रम रहनेछ जसमा युवापिडिका चर्चित र्यापर जिबबको समेत प्रस्तुति रहनेछ भने उक्त दिनको प्रवेश शुल्क टिकेट मूल्य भने रु २०० रहने कोषाधक्ष्य प्रितम मल्लले जानकारी गराएका छन्। महोत्सबको संयोजक जिल्ला खेलकुद बिकाश समितिका अध्यक्ष युवा नेता दिपक थापा र निर्देशकको रुपमा मध्यपुर व्वाईज व्याण्डका अध्यक्ष सुनिल बज्राचार्य रहेका छन्। महोत्सबमा खुला नृत्य प्रतियोगिता समेत आयोजना हुँदैछ भने प्रतियोगितामा बिजेताहरुले क्रमश: ३० हजार, २० हजार, १० हजार र ३ हजार नगद रुपैयाँ पाउनेछन।

    प्रतिकृया दिनुहोस्