News Portal

  • सातौं भक्तपुर महोत्सवमा चैत्र २८ गते प्रकाश सपुत, प्रिती आले, लगायतको प्रस्तुति रहने

    जनगर्जन संवाददाता
    ९५ पटक

    भक्तपुर  । सातौं भक्तपुर औद्योगिक महोत्सवमा आज चैत्र २८ गते मंगलबार लोकप्रिय कलाकारहरु गायक प्रकाश सपुत, गायिका प्रिती आले, लोकगायक नबराज घोरासैनि, गायक मनासराज, गायक कमल के क्षेत्रि, गायक दिपेन्द्र सोनाम, गायिका आशा लामा, गायक रमेश श्रेष्ठ मेलोडी, उद्घोषिका शितल शर्मा नृत्य प्रतियोगिताका निर्णायकहरु सुमन कुमार श्रेष्ठ, नृत्य संयोजक इन्द्र बिशुन्के लगायत स्थानिय कलाकारहरुको प्रस्तुति रहने भएको छ।

    औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज व्याण्डको आयोजना एवं भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा सल्लाघारीस्थित सुरु भएको मेला बैशाख ४ गतेसम्म चल्नेछ। मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिशत सम्म छुटको ब्यबस्था छ  मेलामा प्रवेश शुल्क रु ७० र ५० मात्र रहेको जानकारी अध्यक्ष सन्दिप महतले गराएका छन्। औधोगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महत, बरिष्ठ उपाधक्ष्य राज कुमार खड्का, उपाध्यक्ष बिनोद जैसवाल, महासचिब शंकर गुरुङ, कोषाधक्ष्य प्रितम मल्ल, मिडिया तथा कलाकार संयोजक सुर्य चन्द र कार्यलय सचिब जिबन नेपाल रहेका छन्।

    मेलाको अन्तिम दिन अर्थात बैसाख ४ गते बिशेष कन्सर्ट कार्यक्रम रहनेछ जसमा युवापिडिका चर्चित र्यापर जिबबको समेत प्रस्तुति रहनेछ भने उक्त दिनको प्रवेश शुल्क टिकेट मूल्य भने रु २०० रहने कोषाधक्ष्य प्रितम मल्लले जानकारी गराएका छन्। महोत्सबको संयोजक जिल्ला खेलकुद बिकाश समितिका अध्यक्ष युवा नेता दिपक थापा र निर्देशकको रुपमा मध्यपुर व्वाईज व्याण्डका अध्यक्ष सुनिल बज्राचार्य रहेका छन्।

    प्रतिकृया दिनुहोस्