News Portal

  • रुकुमकोटमा गर्जियो सामना जनसङ्गित अभियान

    जनगर्जन संवाददाता
    ३८४ पटक

    सिस्ने गाउँपालिका रुकुमकोटमा सामना जनसाँस्कृतिक परिवारे तहल्का मच्चाएको छ । अखिल नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गत सामना परिवारले संचालन गरेको बैज्ञानिक समाजवाद लागी सामना जनसंङ्गीत भियान सहित सिस्ने गाउँ पालिका वडा नम्बर ६ रुकुमकोटमा पुगेर भब्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

    जहाँ सामना त्यहाँ जनसहभागिता एक पर्छि अर्को वढ्दै गएको छ । फागुन २७ वाट शरु गरेको अभियान एक पछि अर्को जनताको आक्रर्षणको केन्द्र वन्दै गईराखेको छ । जनताका मुक्ति र परिवर्तनका गित , जनताका भावनाहरुलाइ जनताकै पिडाहरु संगितमा उनेर विभिन्न भाकार र लएमा आफ्नो प्रस्तुति दिदैं आईराखेको छ ।

    उक्त कार्यक्रम नेकपा केन्द्रीय सदस्य तथा रुकुम पुर्व र रुकुम पश्चिमका इन्चार्ज चन्द्र सी कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो । रुकुमका लोक प्रिय युवा नेता चन्द्र सीले कांग्रेस ,एमाले ,माओवादी भित्रका दलालहरु संग जनताहरु सचेत बन्नु पर्ने धारण राख्नु भएको थियो । त्यहाँ पनि केही इमान्दार नता कार्यक्रताहरु रहेकाले कांग्रेस ,एमाले माओवादि भित्र ईमानदारहरु एक हुन पर्ने समय आएकाले साथ र सहयोग गर्न अपिल गर्नु भएको थियोे ।

    वैज्ञानिक समाजवादका लागि सामना जनसंङ्गीत अभियानमा सयौं जनसमुदायहरु उपस्थित रहेको थियो । यस्ता कार्यक्रमहरु जनतामा दिइरहनु पर्ने स्थानिय नेता कार्यक्रताहरुको माग पनि रहेको छ । उक्त कार्यक्रमको संचालन सामना परिवारका संयोजक आरोह सिले गर्नु भएको थियोे भने सामना परिवारको विभिन्न प्रस्तुती रहेको थियो ।

    प्रतिकृया दिनुहोस्