News Portal

  • विभिन्न पार्टी परित्याग गर्दै नेकपा नुवाकोटमा समाहित

    विष्णु विश्वकर्मा,बागलुङ
    ४२६ पटक

    ११, चैत २०७९, शनिबार नुवाकोट : नुवाकोटको विदुर नगरपालिका विभिन्न पार्टी परित्याग गरी आधादर्जन बढी नेता कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी नुवाकोटले पार्टी धुर्वीकरण/ समाहित कार्यक्रम आयोजना गर्दै आज शनिबार नुवाकोट सबै नेता कार्यकर्ता हरुलाई स्वागत गरेको छ।सुरुका दिनदेखी जनताको लागि आवाज उठाउदै आएको र बिचमा पार्टी भित्रका नेताहरुको व्यक्तिगत स्वार्थको लागि गुटबन्दी हुँदै पार्टी लाई झुन्ड झुन्ड बनाएको देखिन्छ। आफुले अबलम्बन गरेको पार्टी हरुले जनताको पक्षमा काम नगरेको र सबैलाई पुजिबादले ग्रस्त पारेको छ । जनताको पक्षमा उभिने भनेकै नेकपा विप्लब रहेछ भने हामिलाई विश्वास लागेकै कारण हामिलाई नेकपा (विप्लव ) नै देश समाज र जनातको हितमा काम गर्छ भन्न्ने विश्वासका साथ पार्टी परित्यागको घोषणा गरी नेकपामा प्रवेश गरेका हुन् ।

    नेपाल कम्युनिस्ट पार्टी पिविएम एवं पश्चिम ताम्सालिङ व्युरो इन्चार्ज आजाद सीले कार्यक्रममै नेकपा (बहुमत)का जिल्ला सेक्रेटरी शंकर सी,युवा जन स्वयंसेवक केन्द्रिय सदस्य तथा नुवाकोट रसुवा इन्चार्ज वासु सी,नेकपा बहुमत का जिल्ला सदस्य लक्षु तामाङ , नेकपा (बहुमत ) जिल्ला सदस्य कृष्ण हरि सी, नेकपा (बहुमत)आकाश सी त्यसैगरी माओवादी केन्द्र बाट सन्तोष सी,राजु तामाङ ,सुवास तामाङ ,सानोकान्छा तामाङ , जयराम तामाङ त्यसैगरी एमाले निकट अनेरास्ववियु कि जिल्ला सदस्य निर्मला तामाङ नेपाली काङ्ग्रेस का चन्द्र तामाङ लाई टिका लगाई खादा ओढाएर स्वागत गर्दै पार्टीमा प्रवेश गराएका थिए ।

    प्रतिकृया दिनुहोस्