News Portal

  • वैज्ञानिक समाजवाद लागि सामना जनसङ्गीत अभियान म्यादीको बेनीमा

    जनगर्जन संवाददाता
    ३७१ पटक

    बैज्ञानिक समाजवाद लागी सामना अभियान
    बेनीबजार पुगेको छ । फागुन २७ गते नुवाकोटवाट सुरु भएको अभियान म्यादी जिल्लाको बेनिबजार पुगेको हो ।

    अखिल नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गत केन्द्रीय सामना परिवारले बैज्ञानिक समाजवाद लागी सामना अभियान भन्ने मुलनाराका दिएको अभियान म्याग्दी जिल्ला को बेनी नगर पालिका वडा नम्बर ७ विरेन्द्र चोकमा भब्य कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा धौलागिरी ब्युरो ईन्चार्ज पार्टीका केन्द्रिय सदस्य विकिरण सि, म्याग्दी जिल्ला इन्चार्ज उषा सि, बिद्यार्थीका धौलागिरी ब्युरो इन्चार्ज लक्षमण सी विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा सयौं जनसमुदायहरु सहभागीता रहेको थियो ।

    जनसभामा सामना परिवारले गीत ,नृत्य ,नाटक प्यारोडी लगाएतका प्रस्तुति पस्तुत गरेको थियोे ।उक्त सभालाई सम्बोधन गर्दै ब्युरो इन्चार्ज विकिरणले जनता निम्ति काम गर्छु भनेर गएका कांग्रेस ,एमाले ,माओवादीहरुले देश खोक्रो बनाएका छन् । अहिले मुख्य समस्य भनेको दलाल पुजीवादी संसदीय व्यवस्था हो । यसको विकल्पमा बैज्ञानिक समाजवाद ल्याउन लाई सबै श्रमजीवी ,देश भक्त ,महिला ,युवा , जनजातिहरु एकभएर जुट्न समेत आग्रह गर्नु भयो ।

    वैज्ञानिक समाजवादका लागि सामना जनसंगित अभियना मध्य पहाडी क्षेत्रमा अन्तर्गतको राजमार्गका जिल्लाहरुमा चल्ने जानकारी कुमार सीले दिनु भएको छ ।

    प्रतिकृया दिनुहोस्