News Portal

  • अक्सफोर्ड स्कुल ,कलेजले विद्यार्थी प्रतिभा पहिचान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    जनगर्जन संवाददाता
    १५७ पटक

    चैत्र ७, भक्तपुर ।
    सफलताको सुत्र आत्मविश्वास, सहकार्य र निर्देशनको पालना भन्ने नारासहित अक्सफोर्ड प्राक्टिकल स्कुल÷कलेजको आयोजनामा विद्यार्थी मार्ग निर्देशन, प्रतिभा पहिचान तथा पुरस्कार वितरण कार्यक्रमा कलेजका व्यवस्थापक श्री राम दुवालको सभापतित्वमा सम्पन्न भयो ।

    विद्यार्थीको शैक्षिक सफलता र व्यक्तित्व विकास एवं प्रतिभा पहिचान गर्न प्रतियोगितात्मक तरिकाले जीवनोपयोगी ज्ञान, सिप र धारणा विकास गराउन किताब र कक्षाकोठामा पढाउने भन्दा रमाईलो र सहज वतावरणमा भौतिक प्रतिभा प्रस्फुटन, रचनात्मक कार्य सँगै सृजनात्मक सोच र चिन्तन गर्नुपर्ने कुरामा जोड दिदै कार्यत्रमका प्रमुख अतिथि सफल सगरमाथा आरोही प्रकाश राज पाण्डेले बताउनुभयो ।


    उहाँले सफलता हासिल गर्न आत्मविश्वास, सहकार्य र सही तवरले निर्देशनको पालना गर्नुपर्ने बताउनुभयो । जीवनको प्रत्येक घडीमा प्रयास, मेहेनत र अभ्यासलाई निरन्तरता दिनको लागि कक्षा ११ र एस.ई.ई मा सहभागी हुने विद्यार्थीहरुलाई मार्ग निर्देशन समेत गर्नुभयो । रिस र आवेग विद्यार्थीका सत्रु हुन् मान्दै जीवनको चुनौती र समस्या नै सफलताको पहिलो अवसर हो । यसलाई सही समय र परिवेशमा प्र्रयोग गर्न सके सफलता प्राप्त हुने बताउदै आफ्नो सफल सगरमाथा आरोहनको वृत्तचित्र समेत प्रस्तुत गर्नुभएको थियो ।


    कार्यक्रममा विद्यार्थीहरुको अन्र्तनिहित क्षमता र प्रतिभा प्रस्फुटन गर्न सके मात्र सक्षम र सवल एवं भविष्यमा योग्य नागरिक वनाउने सक्ने कुराको जानकारी कलेजका प्रद्यानाध्यापक श्री रवि दुवालले बताउनुभयो । सोही कार्यक्रममा कलेजका शिक्षक श्री जीवन सुवालले प्रतिस्पर्धात्मक समाजमा विद्यार्थीहरुलाई ज्ञानमा मात्र जोड दिए भविष्यको गन्तव्य पहिचान गर्न नसक्ने भएकोले कलेजबाट संचालित विविध गतिविधिहरुले विद्यार्थीहरुमा सकारात्मक भूमिका खेलेको बताउनुभयो ।


    कार्यक्रममा कलेजबाट संचालित हाजिरी जवाफ, टेबुल टेनिस, हिज्जे प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको र कार्यक्रममा विद्यार्थीहरुबाट नृत्य, गायन र कविता वाचन समेत गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्