News Portal

  • वैचारिक क्रान्ति विना जातीय मुक्ति सम्भव छैन:-बन्धु सी

    जनगर्जन संवाददाता
    १८८ पटक

    काठमाडौँ, चैत ७ गते विष्णु विश्वकर्मा। हरेक वर्ष मार्च २१ लाई सबै प्रकारका जातीय विभेद अन्त्य गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय रंगभेद उन्मूलन दिवसको रूपमा विश्वभर मनाउने गरिन्छ।५८ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको सन्दर्भ र जातमा आधरित विभेद उन्मुलनको प्रश्न विषयक अन्तर्कृया कार्यक्रम ७ क्रान्तिकारी पार्टीहरुको संयुक्त आयोजनामा ललितपुरको कुपण्डोल मा सम्पन्न भएको छ ।

    सन् १९६० मा दक्षिण अफ्रिकाको सार्पभिल्लेमा रंगभेदविरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा प्रहरीबाट ६९ जना निहत्था अधिकारकर्मी मारिए । त्यही दुःखद दिन स्मरण गर्दै राष्ट्रसंघले सन् १९६६ देखि हरेक वर्ष मार्च २१ लाई सबै प्रकारका जातीय विभेद अन्त्य गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय रंगभेद उन्मूलन दिवसका रूपमा मनाउने घोषणा गरेको हो ।

    नेपालमा पनि जातीय विभेद र छुवाछूत झेल्न विवश दलितलगायत उत्पीडित समुदायले हरेक वर्ष यो दिवस मनाउने गरेका छन् । सन् १९७१ मा नेपालमा पनि यो दिवस मनाउन सुरु गरेको थियो । त्यसैले यो दिवस दलित समुदाय र उत्पीडित समुदायले हरेक वर्ष मनाउदै आएका छन् ।

    अरु दिवसलाई नेपाल सरकारले राष्ट्रिय दिवस मनाउदै आएपनि रंगभेद तथा जातीय भेदभाव उन्मूलन दिवसलाई भने मान्यता दिएको देखिदैन । यो दिवस राज्यका तीनै तहले एउटा उत्सवकै रुपमा मनाउनु पर्ने हो । तर सरकारले यस दिवसमा खास्सै चासो देखाएको देखिदैन ।

    कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीको पिबिएम तथा अनेम सघ केन्द्रिय अध्यक्ष बन्धु सी ले दलितका हक अधिकार प्राप्तिका ऐन कानूनहरु बनेपनि सोचे झैँ गरी कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “दलित हक अधिकार सोचेझैं गरी प्राप्ति नहुँदा आन्दोलनको कमजोरी हो ।” दलित समुदायका हक अधिकार प्राप्तिका लागि आन्दोलनको समीक्षा हुनुपर्ने उहाँले बताउनुभयो ।१० वर्ष जनयुद्ध ले पनि विभेदमा केही हदसम्म कम भएको पाइन्छ। रुपान्तरण को लागि हामिले सघर्ष आवस्यक देखिन्छ। पुजीवादी व्यवस्था ले हामी माथी नराम्रो षड्यन्त्र रचेको छ। जसको सिकार आज हामी भएका छौ। हामिले बिचार विमर्श गरेर हाम्रा माग हरुलाइ वैचारिक तथा संघर्ष गरेर अगाडि बढ्नु आवस्यक देखिन्छ तसर्थ वैचारिक क्रान्ति बिना जातिय मुक्ति सम्भब छैन।

    वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल का महासचिव आहुतिले जात व्यवस्था बिरोधि आन्दोलनको रुपमा नभै एउटा वैचारिक रुपमा जान सकिने तर्क राखेका छन। १० वर्ष को जनयुद्धले जात व्यबस्थामा परिवर्तन ल्याएको होइन किनकी जात व्यवस्था त वैचारिक भावनाले परिवर्तन हुने हो ।जनयुद्ध कालमा थुप्रै आन्दोलन हरु भए तर जात उन्मुलन भएको पाइदैन ।कम्युनिस्ट हरुमा जात ब्यवस्थाको अबधारणा छैन अक्टुबर क्रान्ति रुसमा भयो, चिनमा भयो अन्य देश हरुमा नि भए तर त्यहाँ जात ब्यबस्था थिएन। जहाँ जहाँ कम्युनिस्ट क्रान्ती भयो त्यहा जात ब्यबस्था थिएन हाम्रोमा जात व्यवस्था भयो तर क्रान्ति भएन तसर्थ माक्सवाद मा व्यबस्था नखोज्दा विभेद भएको हो।

    कार्यक्रममा नेकपा बहुमत का केन्द्रिय सचिवालय सदस्य शरद रसाइली दलितका हक अधिकार प्राप्तिका ऐन कानूनहरु बनेपनि सोचे झैँ गरी कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “दलित हक अधिकार सोचेझैं गरी प्राप्ति नहुँदा आन्दोलनको कमजोरी हो ।” दलित समुदायका हक अधिकार प्राप्तिका लागि आन्दोलनको समीक्षा हुनुपर्ने उहाँले बताउनुभयो ।त्यसैगरी वत्ताहरुमा नेकपा क्रान्तिकारी माओवादी स्थायी कमिटी सदस्य रामसिह श्रीस,नेकपा (संयुक्त )उपाध्यक्ष लक्ष्मि शाह, श्रमिक जनता पार्टी संयोजक लक्षमण वर्देवा ले पनि आफ्नो भनाईहरु राखेका थिए।

    कार्यक्रम अमर रसाइलीको अध्यक्षतामा संचालन भएको कार्यक्रमाको सञ्चालन शरद कुमार नेपालीले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्