News Portal

  • २५औं सांस्कृतिक प्रतिरोध दिवस पोखरामा भब्यरुपमा सम्पन्न

    जनगर्जन संवाददाता
    ७११ पटक

    पोखरा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघ केन्द्रीय समिति र नेपाल कम्युनिस्ट पार्टी पश्चिम गण्डक व्युरोको संयुक्त आयोजनमा कास्कीमा २५औं सांस्कृतिक प्रतिरोध दिवस भब्यरुपमा सम्पन्न भएको छ ।

    २५औं सांस्कृतिक प्रतिरोध दिवस २०५५ चैत्र ५ गते ७ जना जनकलाकारहरुको सहादत भएको दिन महासङ्घले हरेक वर्ष चैत ५ गते सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै आएको छ । यस वर्ष महासङ्घले कास्कीको पोखरामा मनाएको हो ।

    २०५५ साल, चैत ५ गते तत्कालीन राज्यले बर्बर र अमानवीय रुपले काभ्रेको अनेकोटमा सशस्त्र घेरा हाली कुची, कलम र मादलका माध्यमबाट वर्गीय विचार र आस्थामा प्रतिवद्ध भएका कारण निःशस्त्र ७ जना जनकलाकारहरूलाई ज्यूँदै आगो लगाएर मारेको थियो । देश, जनता र समाजको मुक्ति, प्रगति र अग्रगामी परिवर्तनका लागि आफूलाई सचेत ढङ्गले काभ्रेको अनेकोटमा ७ जना जनकलाकारले बलिदान दिनुभयो ।

    जनताको गीत गाउँदै हिँड्नेक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य च्याङ्बा लामासहित ७ जना कलाकारहरूलाई २०५५ साल चैत ५ गते तत्कालीन राज्यपक्षले नियन्त्रणमा लिएर हत्या गरेको दिनलाई प्रतिनिधिमूलक दिनको रूपमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घले सांस्कृतिक प्रतिरोध दिवसको रूपमा हरेक वर्ष मनाउँदै आइरहेको छ ।

    महासङ्घले रोल्पाको भाबाङ र गुम्चाल ,अछामको डुङ्गाला र विनायक ,कालिकोट घोडेकोट र ओदानकु ,डोल्पाको माझफाल, डोटीको मुडभारा र रोतहट लगायतका सामूहिक सांस्कृतिक हत्याकाण्ड र देशैभरका सांस्कृतिक सहिदलाई सम्मान गर्ने र उनीहरूले देखेको सपनालाई पूरा गर्नका लागि प्रण गर्ने दिनको रूपमा पनि यो दिवसलाई मनाउँदै आएको हो ।

    यस वर्ष महासङ्घले २५औं सांस्कृतिक प्रतिरोध दिवस कास्कीको पोखरामा भब्यरुपले सामना परिवारको सांस्कृतिक प्रस्तुति सहित मनायको छ । नेकपाका पिवीएम तथा महासङ्घका इन्चार्ज अध्यक्ष माईला सीको अध्यक्षता र अतिथि बक्ता पार्टीका पीवीएम तथा पश्चिम गण्डक व्युरो इन्चार्ज राजन सी , कार्यक्रममा पार्टी पीवीएम आस्था सी , पीवीएम आर्दश सी , केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज उभार सीको को विशेष उपस्थित रहेको थियो । भने कार्यक्रमको सञ्चाल आरोह सी ले गर्नु भएको थियो। भने कार्यक्रम लाई माईला सी , राजन सी , कुशल,सीले सम्बोधन गर्नु भयो थियो कार्यक्रमको स्वनगत मनतब्य नेकपा कास्की सेक्रेटरी काजि सीले गर्नु भएको थियो भने कवि शोभा सी , मुक्तान थेवा सीले कविता प्रस्तुत गर्नु भयको थियो जनताका कलाकारहरू कृष्ण सेन ‘इच्छुक’ सहित १७० भन्दा बढीले सहादत प्राप्त गरेका छन् । कार्यक्रममा महासङ्घका कोषाध्यक्ष विवेक सीको पनि उपस्थित रहेको थियो ।

    प्रतिकृया दिनुहोस्