News Portal

  • अखिल (क्रान्तिकारी) पि.एन क्याम्पस पोखराद्वारा स्ववियु सम्बन्धि पत्रकार सम्मेलन कार्वाही नभए सम्म ताला नखुल्ने

    जनगर्जन संवाददाताआइतबार,चैत्र ५,२०७९
    ८३ पटक
    आइतबार,चैत्र ५,२०७९

    शेर बहादुर बिश्वकर्मा(रिदम)/कास्की अखिल (क्रान्तिकारी ) लगायत ३ बिद्यार्थी संगठनहरुले स्ववियु निर्वाचन सम्बन्धि पत्रकार भेटघाट कार्यक्रम आज बिहान करिब ९ बजे पोखराको न्युरोड स्थित होटेल मायरा थकाली मा सम्पन्न गरेका छन।

    उक्त कार्यक्रममा बोल्दै आफुहरुको संगठन सदैव विद्यार्थीको हक हित र शैक्षिक राजनीतिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको बताउदै यस राज्यसत्ताको स्थायी प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको विद्यार्थी आन्दोलन र विद्यार्थी आन्दोलनकै साझा संघ मोर्चाको रूपमा स्थापित स्वतन्त्र विद्यार्थी यूनियनको इतिहास पनि गौरवशाली नै छ । अहिले गौरवशाली इतिहास बोकेको स्ववियुलाई विभिन्न ढंगले बदनाम बनाउने प्रयास भएको र मिति २०७१५ चैत्र ५ गते हुने भनिएको स्ववियु निर्वाचन त्रिभुवन विश्वविद्यालयको आनिक र सम्बन्धनप्राप्त क्याम्पसहरुमा एकैसाथ नहुने अवस्थाको सृजना भएको ब्युरो इन्चार्ज प्रकाश शी ले बताउनु भएको हो।

    आज चैत्र ०५ गते हुने भनिएको स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) को निर्वाचन पोखरा को पृथ्वीनारायण क्याम्पसमा पनि स्थगित भएको छ। क्याम्पस का केही राजनितीक दलका शिक्षक तथा प्राध्यापकहरुले निर्वाचन समिती संग मिलेर बिद्यार्थीहरुको ब्यक्तीगत विवरण आफ्ना निकट का बिद्यार्थी संगठन हरुलाई दिएको भन्दै गत हप्ता तीन बिद्यार्थी संगठन ले यस्तो गतिविधि गर्दा स्ववियु निश्पक्ष नहुने देखिए पछि कार्वाही को माग गर्दै प्रशासनमा ताला बन्दी गरेएका थिए।

    यसै सन्दर्भमा देशकै धेरै विद्यार्थीले अध्ययन गर्ने पोखराको पृथ्वीनारायण क्याम्पसमा पनि क्याम्पस प्रशासन र स्ववियु निर्वाचन समितिको गैर जिम्मेवारीपनाले स्ववियु निर्वाचन अनिश्चित हुन पुगेको र
    हामी तीन विद्यार्थी संगठनले क्याम्पस प्रशासनबाट चुहावट भएको विद्यार्थीहरूको व्यक्तिगत विवरणको विषयमा छानविन गरि क्याम्पस प्रशासन वा त्रिविबाट तलबभत्ता पाएका प्राध्यापक कर्मचारीहरुले स्ववियु निर्वाचनमा मतदान गर्न नपाउने र निस्पक्ष स्ववियु निर्वाचनको वातावरण बनाउनु पर्ने माग राखेर कुरा अखिल छैटौं का उपाध्यक्ष गणेश अधिकारी ले जानकारी गराउनु भएको हो।

     क्याम्पस प्रशासन र निर्वाचन समितिसँग पटक पटक सम्वादमा बस्यौ तर प्रशासननै निर्वाचनको पक्षमा नदेखिए पछि निर्वाचन समितिले पनि राजिनामा गरेको र उल्टै सम्मानीत उच्च अदालतबाट चैत्र ८ गतेसम्म निर्वाचन सम्बन्धी कुनैपनि गतिविधि नगर्नु भन्ने अन्तरिम आदेश जारी भएकाले यो परिस्थितिको निर्माणमा क्याम्पस प्रशासनको पक्षबाट पूर्ण र दुशित मनासाय नै जिम्मेवार रहेको प्रकाश शी ले बताउनु भएको छ।हामि सदैव स्वच्छ प्रतिस्पर्धा र विद्यार्थीको संघको मोर्चा स्ववियुको पक्षमा रहेको पनि जानकारी गराउनु भएको हो।

    उक्त कार्यक्रम मा अखिल(क्रान्तिकारी ) केन्द्रीय सचिवालय सदस्य तथा पश्चिम गण्डकी ब्यूरो इन्चार्ज क.प्रकाश शी ,अखिल छैटौं का केन्द्रिय उपाध्यक्ष क. गणेश अधिकारी ,अखिल( क्रान्तिकारी ) क्याम्पस जिल्ला समिति संयोजक क. सचीन शी,र कास्की जिल्ला समिति सह-संयोजक शेर ब. बिश्वकर्मा लगायत २ दर्जन बढी पत्रकारहरुको विशेष उपस्थित मा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम को सहजीकरण क. प्रकाश सि ले गरेका थिए।

    प्रतिकृया दिनुहोस्