News Portal

  • आजदेखि डिडिसी दूधमा नयाँ मूल्य लागू, लिटरमै १६ रुपैयाँसम्म बढ्यो

    जनगर्जन संवाददाता
    १०७ पटक

    ३ चैत काठमाडौ । आजदेखि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडससी) ले दूधको मूल्य बढाएको छ। संस्थानले बिहीबारदेखि नयाँ मूल्य छापिएको प्याकेट दूध बजारमा पठाएको हो।

    डीडीसीका महाप्रबन्धक सञ्जीव झाले आजदेखि बजारमा नयाँ मूल्य अंकित प्याकेट दूध बजारमा पठाइएको जानकारी दिए। महाप्रबन्धक झाले सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र बिहीबारदेखि त्यो मूल्य उपभोक्तालाई पर्ने जानकारी दिए ।
    दूधको मूल्य १६ रूपैयाँसम्म बढेको छ।

    संस्थानकाअनुसार स्टान्डर्ड दूध (निलो प्याकेटमा) प्रतिलिटर ११ रुपैयाँ बढेको छ। प्रतिलिटर ८६ रुपैयाँ रहेकोमा आजदेखि बढेर ९७ रुपैयाँ पुगेको छ।

    त्यस्तै गाईको दूधमा प्रतिलिटर १४ रुपैयाँ बढाइएको छ। गाईको दूधको मूल्य प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ। क्रिमयुक्त दूध (हरियो प्याकेट)को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढेको छ भने हरियो प्याकेटको दूधको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ।
    चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रूपैयाँ पुगेको छ।

    प्रतिकृया दिनुहोस्