News Portal

  • एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरमा जगन्नाथ डुम्रे अध्यक्षमा निर्वाचित

    जनगर्जन संवाददाता
    ४०३ पटक

    भक्तपुर, २८ माघ २०७९

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरमा जगन्नाथ डुम्रेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

    भक्तपुरको शनिवार सानोठिमीमा सम्पन्न छैटौ जिल्ला सम्मेलनबाट डुम्रेको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति निर्वाचित भएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा यन्द्र दाहाल र महिला उपाध्यक्षमा बिमला थापा निर्वाचित भएका छन् ,सचिवमा रत्न सुनुवार र कोषाध्यक्षमा लोकेन्द्र बिष्ट निर्वाचित भएका बताइएको छ ।

    कार्यसमितिका सदस्यहरुमा क्रमस शोभा साह, भूमिनन्द तिमिल्सिना, झलक धमला, बिनोद बासुकला, मञ्जु बराल, कृष्ण भक्त श्रेष्ठ, हिसिला श्रेष्ठ, जमुना सुबेदी, गीता राइ,  नारायण खड्का, गणेश तिमल्सिना र मिनबहादुर घिमिरे रहेका छन् ।

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुर अधिवेशनको उद्घाटन सत्रमा नेकपा(माओवादी केन्द्र)का भक्तपुर जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्म, सह इन्चार्ज एवं बागमती प्रदेश सभाका सांसद देवेन्द्र श्रेष्ठ, केन्द्रीय सदस्य एवं मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकाल, जिल्ला संयोजक सुनिल गोठे र मध्यपुर थिमीका अध्यक्ष एवं नगरपालिकाका उपमेयर विजय कृष्ण श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्