News Portal

  • माेडर्न स्कुल र कलेज, सृजना नगर भक्तपुरद्वारा आयाेजित मिस्टर एण्ड मिस माेडर्न कन्टेस्ट २०७९ सम्पन्न

    जनगर्जन संवाददाता
    १९५ पटक

    माेडर्न स्कुल र कलेज, सृजना नगर भक्तपुरद्वारा आयाेजित मिस्टर एण्ड मिस माेडर्न कन्टेस्ट २०७९ सम्पन्न भएको छ । पाैष १५ गते भएको यस कार्यक्रममा मिस्टर माेडर्न हेमन्त तामाङ, मिस माेडर्न विन्दिया बुढाथोकी, मिस्टर माेडर्न ट्यालेन्ट कुशल बढुवाल, मिस माेडर्न ट्यालेन्ट रेश्मा खनाल, मिस्टर माेडर्न पर्सनालिटी करून बास्ताेला र मिस माेडर्न पर्सनालिटी राेजिना पाैडेल खत्री हुन सफल भए।

    यसैगरी मिस्टर माेस्ट डिसिपिलिन हेमन्त तामाङ, मिस माेस्ट डिसिपिलिन सुशीला श्रेष्ठ, मिस्टर माेस्ट इनाेभेटिभ सुयाेग ढुङ्गेल, मिस माेस्ट इनाेभेटिभ सम्पदा कार्की , मिस्टर माेस्ट इन्टरएक्टिभ रसिल खाईजू, मिस माेस्ट इन्टरएक्टिभ रेश्मा खनाल, मिस्टर माेस्ट हम्बल सुयाेग थापा, मिस माेस्ट हम्बल सृष्टि लाेपचन, मिस्टर माेस्ट साेसियल सुनराज थापा मगर, मिस्टर माेस्ट पाेजेटिभ करून बास्ताेला, मिस माेस्ट पाेजेटिभ श्रेया बस्नेत, मिस्टर माेस्ट डेडिकेटेड सर्जित चाैधरी, मिस माेस्ट डेडिकेटेड जस्मिन थापा, मिस्टर माेस्ट पन्चुयल कुशल बरूवाल, मिस माेस्ट पन्चुयल सृष्टि नापित, मिस वेस्ट लिडरसिप राेजिना पाैडेल खत्री, मिस्टर माेस्ट कन्फिडेन्ट किरण खत्री, मिस माेस्ट प्यासेन्स आसिका कासिच्वा र मिस माेस्ट भर्सटाइल विन्दिया बुढाथोकी हुन सफल भएका छन । पब्लिक च्वाइस् अवार्ड पुरूषमा हेमन्त तामाङ र महिलामा रश्मि खनालले जित्न सफल भएकाछन् ।

    कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय परीक्षा बाेर्ड, वागमती प्रदेश , सिनामंगल, काठमाडौंका कार्यालय प्रमुख जयन्ती सत्याल, विशेष अतिथिहरूमा प्याब्सन भक्तपुरका अध्यक्ष र नवरत्न स्कुलका प्रिन्सिपल सुरेन्द्र तबन्जा श्रेष्ठ, नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष तथा मडरल्याण्ड स्कुलका प्रिन्सिपल संजय खड्का, इसान भक्तपुरका अध्यक्ष तथा विद्या आर्जन स्कुलका प्रिन्सिपल पुरूशाेत्तम ग्वाच्छा, भिभिड कन्सल्टेन्सि राधेराधेका डाइरेक्टर लक्ष्मण घिमिरे,भक्तपुर टुरिजम एण्ड हस्पिट्यालिटी म्यानेजमेन्टका डाइरेक्टर ऋषभ जाेन्छे, मर्निङ ग्लाेरी इन्टरटेन्मेन्टका डाइरेक्टर माेहना क्षेत्री खनाल, विभिन्न स्कुलका प्रिन्सिपलहरू, भक्तपुर प्याब्सनको वरिष्ठ उपाध्यक्ष तथा माेडर्न स्कुल दधिकाेटका प्रिन्सिपल राजन कस्पाल, माेडर्न स्कुल सृजना नगरका सहायक प्रिन्सिपल साजन कसपाल, माेडर्न स्कुल कलेजका इन्चार्ज र यश कार्यक्रमका संयाेजक शशी कायस्थ कस्पाल, कक्षा ११ र १२ शिक्षक-शिक्षिकाहरू, विद्यार्थीहरू र अभिभावकहरूकाे बाक्लो उपस्थिति थियो ।

    कार्यक्रमकाे निर्णायक मण्डलमा नृत्य प्रशिक्षक, निर्देशक समीर श्रेष्ठ, संगीत संयाेजक, गायक र संगीतकार तथा माछापुच्छ्रे बैंक थिमि शाखाका प्रमुख हेम लामा र गायक, संगीतकार, संगीत संयाेजक, संगीत प्रशिक्षक र ग्राफिक डिजाइनर हेम थामी हुनुहुन्थ्यो ।

    गत वर्षकाे मिस्टर एण्ड मिस माेडर्न कन्टेस्ट -२०७८ का सबै सहभागी विद्यार्थीहरूकाे सक्रिय नेतृत्व, आयाेजना र माेडर्न स्कुल र कलेजको सहयोगमा गरिएको यस कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई काेरियाेग्रफी किरण श्रेष्ठले गर्नुभएको हाे । कार्यक्रमकाे संचालन कक्षा १२का बिद्यार्थीहरू र नमस्ते ख्वप टेलिभिजनका निर्देशक ऋषि श्रेष्ठ गर्नु भएको थियोे ।

    कार्यक्रम अध्यक्षता माेडर्न स्कुल र कलेजका संस्थापक बाबुकाजि कसपालकको सभापतित्वमा शंखधरचाेक थिमि भक्तपुर स्थित थिमि बैड्क्वेटमा गरिएको जानकारी माेडर्न स्कुल र कलेजका प्रिन्सिपल अनिल कस्पालले दिनुभयो । माेडर्न स्कुल र कलेजले विद्यार्थीहरूमा अन्तर्निहित क्षमतालाई चिनाउन, फल्न फलाउन २०६६ सालदेखि हरेक वर्ष याे कार्यक्रम गरिआएकाे छ ।

    प्रतिकृया दिनुहोस्