News Portal

  • चाँगुनारायण न.पा स्थानीय स्काउटद्रारा संञ्चालित वागेहिणी स्काउट ट्रुपको १ दिने हाइकिङ्ग सम्पन्न

    जनगर्जन संवाददाता
    २१२ पटक

    भक्तपुर । चाँगुनारायण नगरपालिका स्थानीय स्काउट कार्यालय अन्तर्गत सञ्चालित वागेहिणी स्काउट ट्रुपको आयोजनामा १ दिने हाइकिङ्ग वागेश्वरी स्थित वागेहिटी मन्दिरमा सम्पन्न भयो ।

    कार्यक्रमवारे जानकारी दिँदै स्काउट मास्टर जीवन सुवालले स्काउट शिक्षा अन्तर्गत हाइकिङ्गले प्रकृतिमा रमाउने र प्रकृतिबाट ज्ञान, सिप र धारणा, सैद्धान्तिक, प्रयोगात्मक र व्यावहारिक रुपमा शिक्षा प्राप्त गर्नुका साथै समूह सहकार्य, सहयोगात्मक कार्य गर्ने समेत क्षमताको विकास हुने वताउनु भयो ।

    उक्त हाइकिङ्गमा तिन वटा पेट्रोलका १९ जना स्काउट विद्यार्थीहरुले वागेहिटी मन्दिरको सरसफाइ गर्नुका साथै स्काउटको विविध प्रयोगात्मक कार्य कुशलतापूर्वक सम्पन्न गरेका थिए ।

    हाइकिङ्गको अनुभव सुनाउँदै स्काउटर नविन भुजेल भन्नुहुन्छ, “आजसम्म यसरी आगो बालेर चिया पकाएको थिएन । साथीसँगै मिलेर विविध रमाइलो गतिविध र सिर्जनात्मक सिपहरु सिक्यौं । मलाई हाइकिङ्गले नयाँ सिप र व्यवहार सिकायो ।”

    कार्यक्रममा विद्यालयका स.प्र.अ.रामशरण ढकाल, शिक्षकहरु विष्णुलाल श्रेष्ठ र सुजाता फुयाँलको समेत उपस्थिति रहेको थियो । यसैगरी सो कार्यक्रममा हाइकिङ्ग व्याच समेत प्रदान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्