News Portal

  • नेकपा महासचिव विप्लवको आमाकाे स्मृतिमा वृक्षारोपण तथा चित्र-चन्द्र-आशिका स्मृति काेष स्थापना

    जनगर्जन संवाददाता
    २३३ पटक

    १९ मंसिर २०७९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवका ममतामयी आमा आशिका देवी चन्दको स्मृतिमा सोमवार फलफुल लगाएतका वृक्षारोपण गरिएको छ ।

    नेपाल कम्युनिस्ट पार्टीको नवौं महादिवेशनले जाति धर्म मृत्यु संस्कारबारे वैज्ञानिकीकरण गर्दै जाने गरी सी जाति, मृत्युु संस्कारबारे नयाँ वैज्ञानिक अवधारणा वनायर जाने नीति पास गरेको थियो । सो नीति अनुसार पार्टी महासचिव विप्लवले आमा आशिका देवी चन्दको स्मृतिमा आज फलफुल लगाएतका वृक्षारोपण गरिएको हो ।

    जस अन्तरगत महासचिव विप्लवद्वारा आमाकाे स्मृतिमा सार्वजनिक प्रयाेगका लागि फलफुल र फुलका बिरुवा राेपिएकाे र गरिब विद्यार्थीका लागि चित्र-चन्द्र-आशिका स्मृति काेषकाे निर्माण गरिएको छ ।

    आमाको संस्मरणमा विभिन्न घोषित कार्यक्रम अनुसार आज फलफुल वृक्षारोपण रोप्ने कार्यक्रम सम्पन्न गरिएको छ । छोराहरुको तर्फबाट विप्लव को नेतृत्वमा फलफुल वृक्षारोपण गरिएको थियाे । छोरीहरूको तर्फबाट जेठी छोरी तुलसा देवी चन्दको नेतृत्वमा र बुहारीहरुको तर्फबाट राजकुमारी चन्दको नेतृत्वमा सम्पूर्ण बुहारीहरूकाे उपस्थिति रहेको थियो ।
    पार्टीको तर्फबाट पार्टीका प्रबक्ता तथा स्थायी कमिटी सदस्य प्रकाण्ड र पार्टी स्थाई समिति सदस्य तथा जनपरिषद प्रमुख सन्तोषले पनि वृक्षारोपण गरेका थिए । सोही कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य र स्थानीय नेताकार्यकर्ता र जनसमुदायको पनि उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्