News Portal

माओवादी केन्द्रको पोलिटब्युरोको संख्या १५६ जना

जनगर्जन संवाददाता
५५९ पटक

काठमाडौं । नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्यको संख्या १५६ जना रहने भएका छन् । यसअघि १२५ जनाको पोलिटब्युरो रहने भनिए पनि आकांक्षी धेरै भएपछि संख्या बढाइएको हो ।

बैठकमा अध्यक्ष प्रचण्डले १५६ जनाको पोलिटब्युरो बनाउन सकिने वैधानिक आधार रहेको भन्दै संख्या बढाउने प्रस्ताव गरे । उनले १२५ भन्दा बढी पोलिटब्युरोमा रहने भन्दै नाम बाचन गरेका छन् । केही नाम अझै थपिन सक्ने भएकाले सबैलाई समेटिने बताए । जसमा वैकल्पिकको समेत व्यवस्था हुने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्