News Portal

  • प्रचण्डको बीउ उम्रिदैन, नेकपाको हाइब्रिड नै आवश्यक छ : घनश्याम भुसाल

    जनगर्जन संवाददाता
    ३८८ पटक

    काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले एमालेमा माओवादीको बीउ छरेको भन्ने प्रचण्डको अभिव्यक्तिप्रति असहमति जनाएका छन् ।

    वरिष्ठ वामपन्थी नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा बोल्दै भुसालले कुनै एउटा धारको बीउ अब नउम्रिने दाबी गरे ।

    भुसालले भने, ‘कमरेड प्रचण्डले आज एमालेमा माओवादीको बीउ छरेर आएका छौं भन्नुभएछ । तर, उहाँले पनि ठीक ढंगले बुझ्न सक्नु भएन । अब एमालेको बीउ, माओवादीको बीउ, समाजवादीको बीउ चल्दैन, अब हाइब्रिड बीउ चाहिन्छ । अस्ति हामीले हाइब्रिड बनाएका थियौं त्यो भनेको नेकपा एउटा हाइब्रिड थियो । हाम्रो वुद्धि पुगेन भकारीमा आगो लगायौं । फेरि पनि हामी नेकपाको हाइब्रिड बीउ बनाउँछौँ ।’

    प्रतिकृया दिनुहोस्