News Portal

  • ललितपुरबाट पेस्तोल र गोली सहित एक जना पक्राउ

    जनगर्जन संवाददाता
    २७३ पटक

    काठमाडौं । ललितपुरमा पेस्तोल र सोको गोलीसहित एक जना पक्राउ परेका छन् ।

    महालक्ष्मी नगरपालिका–४ ईमाडोल पिपलबोटबाट १ थान पेस्तोल र २ राउण्ड गोली सहित महालक्ष्मी नगरपालिका–८ लुभु बस्ने ५३ वर्षीय श्याम कृष्ण श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    विशेष सूचनाको आधारमा प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उक्त ठाउँमा पार्किङ गरी राखेको प्रदेश ३–०२–०१५ प ६५४१ नम्बरको स्कुटर जाँच गर्ने क्रममा डिकीभित्र लुकाई राखेको अवस्थामा उक्त हातहतियार फेला पारेपछि श्रेष्ठलाई पक्राउ गरेको थियो । थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्