News Portal

बामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै, यस्तो छ पार्टीको नाम

जनगर्जन संवाददाता
५१६ पटक

काठमाडौं  : केही समयअघि नेकपा (एमाले) छोडेका राष्ट्रिय सभा सांसद वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्न लागेका छन् ।
आज अपरान्ह ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उनले नेकपा राष्ट्रिय एकता अभियान पार्टी नामक नयाँ दलको घोषणा गर्ने एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए ।

नेकपा विभाजन पछि पनि नेकपा पुनर्जीवित गर्ने प्रयासमा रहेका गौतमले एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गर्न लागेका उनी निकट स्रोतले बताए ।

प्रतिकृया दिनुहोस्