News Portal

  • काठमाडौं महानगरपालिकाः उम्मेदवार दिएका मेयरमा बालेन र उपमेयरमा सुनिता अगाडि

    जनगर्जन संवाददाता
    ४४१ पटक

    ५ जेष्ठ, काठमाडौं    काठमाडौं  महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले नेकपा एमालेका केशव स्थापितलाई दोब्बर मतले पछि पारिरहेका छन्। उपमेयरकी उम्मेदवार नेकपा एमालेकी सुनिता डंगोलले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई तेब्बर मतले पछि पारेकी छिन्।

    मतगणना सुरु भएदेखिको बालेन र सुनिता दुवैको दौड उत्तिकै छ। सुरुदेखिनै सुनिताले निकै धेरै मतले आफ्ना प्रतिस्पर्धी श्रेष्ठलाई उछिन्दै आएकी हुन्। बिहीबार बिहान ९ः३० बजेसम्म बालेनले २१ हजार ८ सय १५ मत प्राप्त गरेर अग्रता लिइरहेका छन्। उनी र अर्का मेयर उम्मेदवार स्थापितबीचको मतान्तर स्थीर छ। स्थापितले अहिलेसम्म ११ हजार २ सय २४ मत प्राप्त गरेका छन्। पछिल्लो मत परिणामले दुई प्रतिस्पर्धीबीच अझ फराकिलो मतान्तर देखिएको छ।

    यसैगरी तेस्रो स्थानमा नेपाली कांग्रेसकी सिर्जना सिंह नै छिन्। उनले १० हजार ३ सय ६२ मत प्राप्त गरेकी छिन्। उनी सत्तारुढ दल गठबन्धनकी उम्मेदवार हुन। राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठ चौथौ स्थानमा छन्। पछिल्लो मतपरिणाम अनुसार सुनिताले १९ हजार ९ सय ५६ मत प्राप्त गरेर निरन्तर अग्रता लिइरहेकी छिन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ३ सय १६ मत मात्र प्राप्त गरेका छन्।

    प्रतिकृया दिनुहोस्