News Portal

  • प्रधानमन्त्री शेरबहादुर देउवाको भाईको निधन

    जनगर्जन संवाददाता
    ३९८ पटक

    ४ जेष्ठ, काठमाडौँ   नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका सहोदर भाई प्रेमबहादुर देउवाको ६७ वर्षको उमेरमा जेष्ठ २ गते राती काठमाडौंमा उपचारको क्रममा निधन भएको छ ।

    सामाजिक व्यक्तित्वका रुपमा परिचित स्वर्गीय प्रेमबहादुर देउवाका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनको जेष्ठ ३ गते पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

    सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्कालगायतले उनको पार्थिव शरीरमा कांग्रेसको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । प्रेमबहादुर देउवाको निधनमा कांग्रेसले दुःख व्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्