News Portal

  • भक्तपुरको मध्यपुरथिमि ५ र ६ मा कांग्रेस विजयी

    जनगर्जन संवाददाता
    ५५५ पटक

    ३ जेष्ठ, काठमाडौं  भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीचको गठबन्धनले फराकिलो अग्रता बनाएको छ। मध्यपुरथिमि नगरपालिकाको नौवटा वडामध्ये हालसम्म छ वडाको मतगणना सकिएको छ। नगरको तीन वडाको मतगणना बाँकी छँदै गठबन्धनले फराकिलो अग्रता बनाएको हो।

    मध्यपुरथिमिमा कूल खसेको ३१ हजार ४१० मतमध्ये वडा नं १ देखि ६ सम्मको २२ हजार मतगणना भइसकेको छ। अब गणना गर्न बाँकी करिब ११ हजार मत छ। वडा नं ६ सम्मको मतगणनामा गठबन्धनका नगर प्रमुख उम्मेदवार कांग्रेसका सुरेन्द्र श्रेष्ठले तीन हजार ४९८ मतको अग्रता लिएका छन। उनको ११ हजार ३०५ मत भएको छ । भने नेकपा (एमाले) का मदनसुन्दर श्रेष्ठले सात हजार ८०७ मतका साथ पछ्याइरहेका छन्।

    त्यस्तै गठबन्धनका उपप्रमुख उम्मेदवार माओवादीका विजयकृष्ण श्रेष्ठले नौ हजार ६५९ मतसहित अग्रता लिएका छन्। उनलाई एमालेका उत्तरा नेपालले छ हजार ४८५ मतले पछ्याइरहेका छन्। यसैबीच मध्यपुरथिमि नगरपालिका–५ र ६ मा कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धनका उम्मेदवार विजयी भएका छन्। गए राति सम्पन्न मतगणनाको परिणामअनुसार मध्यपुरथिमि–५ मा कांग्रेसका बालकृष्ण श्रेष्ठ र वडा नं ६ मा ज्ञानदास प्रजापति वडाध्यक्षमा निर्वाचित भएका छन्। नवनिर्वाचित कांग्रेसका श्रेष्ठले दुई हजार ३६२ मत ल्याए भने उनको निकटम प्रतिद्वन्द्वी एमालेका राधेश्याम प्रजापतिले एक हजार ३९३ मत प्राप्त गरे।

    वडा नं ५ को वडा सदस्यमध्ये महिला सदस्यमा एमालेका कमला प्रजापति एक हजार ५८८, खुला सदस्यमा कांग्रेसका राजभाई प्रजापति एक हजार ९३० र एमालेका सुरेन्द्र भासिमा एक हजार ९२१ मतका साथ निर्वाचित भए। यहाँ दलित महिला सदस्यमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए।

    त्यस्तै वडा नं ६ मा गठबन्धनको प्यानलै विजयी भएको छ। वडाध्यक्षमा कांग्रेसका ज्ञानदास प्रजापति एक हजार ७२३ मत ल्याइ विजयी भए। उनका निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले एक हजार २९ मत ल्याए।वडा सदस्यमा कांग्रेसका अरुणा नकर्मी एक हजार ६४५, रामचन्द्र थापामगर एक हजार ३७०, दलित महिला सदस्यमा सीता विश्वकर्मा एक हजार ७१५ र एक सदस्यमा माओवादीका तुलसीराम प्रजापति एक हजार १६४ मतका साथ निर्वाचित भएका छन्।

    प्रतिकृया दिनुहोस्