News Portal

  • गठबन्धनको निर्णयः बागी उम्मेदवारी तत्काल फिर्ता लिन पुनः निर्देशन

    जनगर्जन संवाददाता
    २६० पटक

    १६ वैशाख, काठमाडौं आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले महानगरपालिका र उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख पदमा परेका बागी उम्मेदवारी तत्काल फिर्तालिने निर्णय गरेको छ ।

    केन्द्रबाट भएको सहमति विपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारी फिर्ता नलिए सम्बन्धित दलले कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ । पाँच दलीय गठबन्धनभन्दा अन्य दलहरुसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको सहमति विपरीत कांग्रेसका जगन्नाथ पौडेलले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गरिएको छ । यस्ता तालमेल खारेज गर्ने निर्णय पनि गरेको छ । यस्तो छ निर्णय हेर्नू होस् ।

    प्रतिकृया दिनुहोस्