News Portal

  • सार्वजनिक यातायातको भाडादर वृद्धिको बिरोधमा युवा संगठन नेपाल देशैभरि प्रदर्शन , ८ कार्यकर्ता कपिलवस्तुबाट गिरफ्तार

    कुशल वोगटी (सहकारी)
    ५२४ पटक

    कुशल वोगटी (सहकरी ) काठमाडौं । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ८ जना युवा संगठनका नेता कार्यकर्ता कपिलवस्तुको पिपराबाट गिरफ्तार भएका छन् । सरकारले गरेको सार्वजनिक यातायातको भाडादर वृद्धिको बिरोधमा प्रदर्शन गर्दा उनिहरु गिरफ्तार भएकाहुन । युवा संगठन नेपालको केन्द्रिय कार्यक्रम अन्तर्गत युवा संगठन नेपाल कपिलवस्तुले आयोजना गरेको भाडा दर अनुगमन तथा सचेतना कार्यक्रममा कपिलवस्तुको पिपरामा भएको कार्यक्रममा स्थलबाट पक्राउ परेका हुन ।

    पक्राउ पर्नेमा युवा संगठन कपिलवस्तुका जिल्ला अध्यक्ष बादल,अखिल क्रान्तिकारीका कपिलवस्तु जिल्ला अध्यक्ष बिष्णु बहादुर राउत,अर्घाखाँची अध्यक्ष नवीन खड्का लगायतका जिल्ला स्तरका नेता कार्यकर्ता छन् । कार्यक्रम स्थलमा प्रहरीले घेराहालेपछि केही समयमा नियन्त्रणमा लिएको थियोे ।

    नियन्त्रणमा रहेका नेता कार्यकर्तालाई पिपरा प्रहरी चौकीमा राखिएको नेकपा छ पार्टी खुल्ला प्रक्रियामा आए पछि नेकपा सम्वध जवस मार्चाहरुको सयुक्त बिरोधका कार्यक्रम गदै आइराखेको छ ।युवा संगठन नेपालको केन्द्रिय कार्यक्रम अन्तर्गत युवा संगठन नेपाल आज देशैभरि आजकार्यक्रम आयोजना गरेको छ ।

    प्रतिकृया दिनुहोस्