News Portal

  • मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको विष्फोटमा घाइते

    जनगर्जन संवाददाता
    ११७७ पटक

    ४ वैशाख, काठमाडौं । मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको विष्फोटमा घाइते भएका छन् । उनको एक अस्पतालमा उपचार भइरहेको छ ।

    मालदिभ्सको प्रहरीले ट्वीटरमार्फत् यसको जानकारी दिएको छ ।

    राजधानी मालेको निलोआफरु मागु इलाकामा भएको विष्फोटमा पूर्वराष्ट्रपति नाशिद घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय मिडियाका अनुसार विहीबार साँझ उनको कार नजिकै विष्फोट भएको थियो ।

    प्रहरीले घटनास्थल घेरा हालेर अनुसन्धान जारी राखेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

    प्रतिकृया दिनुहोस्