
काठमाडौ । भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)विश्वविद्यालयमा अध्ययनरत पाँच सयभन्दा बढी नेपाली विद्यार्थीलाई होस्टेलबाट जर्बरजस्ती उठाएर रेल स्टेसनमा लागि छोडिएको छ । नेपाली विध्यार्थीको शंकास्पद मृत्यु पछि नेपाली विद्यार्थी आन्दोलित भएपछी कलेजको होस्टेलले जबर्जस्ती निकालेको हो ।
भारतीय मिडिया द इन्डियन एक्सप्रेसले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार उनीहरूलाई त्यहाँबाट आफ्नो घर जान भनिएको छ । “नेपालबाट आएका ५०० भन्दा बढी विद्यार्थीहरूलाई बस चढ्न भनिएको थियो र विभिन्न रेलवे स्टेसनहरूमा छोडिएको थियो, जहाँबाट उनीहरूलाई घर फर्कन भनिएको थियो,” द इन्डियन एक्सप्रेसले आफ्नो समचारमा उल्लेख गरेको छ ।
नेपाली विद्यार्थी अनिलप्रसाद यादवले भारतीय सन्चारमाध्यमसित कुरा गर्दै भनेका छन्, “हामीलाई आज होस्टेलबाट धकेलेर जबर्जस्ती निकालियो ।
हिजो नेपालकी एक छात्रा मृत फेला परेकी थिइन् । यसबारे थप जानकारी लिन हामी अन्तर्राष्ट्रिय कार्यालय गयौँ तर केही पनि भनिएन । हामी त्यहाँ रातभर धर्नामा बस्यौँ । त्यहाँबाट हामीलाई होस्टेल फिर्ता पठाइयो । अन्ततः हामीलाई एक घण्टाभित्र सामान प्याक गरेर जान भनियो । हामीसँग केही छैन । हामीलाई थाहा छैन हामी कसरी जाने । हामीले खाना पनि खाएका छैनौँ ।”उनले भने
केआईआईटीको होस्टेलमा आइतबार साँझ एक २० वर्षीया नेपाली छात्रा मृत अवस्थामा भेटिएकी थिइन् । विश्वविद्यालयको लापरबाहीका कारण नेपाली छात्राको मृत्यु भएको भन्दै विद्यार्थी आन्दोलित भएपछि रजिस्ट्रारको कार्यालयले एक सूचना प्रकाशित गरी नेपाली विद्यार्थीलाई क्याम्पस खाली गर्न भनेको थियो ।
आइतबार साँझ भुवनेश्वरको पटिया क्षेत्रमा रहेको केआईआईटी विश्वविद्यालयको होस्टेलमा रहस्यमय अवस्थामा नेपाली छात्रा मृत अवस्थामा भेटिएकी थिइन् ।
मृतक छात्रा नेपालली बी.टेक तेस्रो वर्षकी छात्रा प्रकृति लम्साल रहेको जनाइएको छ । उनको मृत्युको कारण अझै पत्ता लागेको छैन ।
सोही विश्वविद्यालयका तेस्रो वर्षका मेकानिकल इन्जिनियरिङका एक पुरुष विद्यार्थी साथीले कथित रूपमा दुर्व्यवहार गरेपछि उनले आत्महत्या गरेको आशंका गरिएको छ ।
सामाजिक सञ्जाल एक्सका एक प्रयोगकर्ताले ती पुरुष विद्यार्थीले प्रकृतिलाई दुव्र्यवहार गरेको अडियो समेत पोष्ट गरेका छन् ।