
काठमाडौं । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मंगलबार अधिकांश क्याम्पसमा उमेदवारी दर्ता गरिएको छ । विभिन्न राजनीतिक दलमा आबद्ध रहेका विद्यार्थी सङ्गठनहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले दिएको जानकारी अनुसार, अधिकांश आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा आज विभिन्न विद्यार्थी संगठनहरुले निर्वाचनका लागि प्रत्यक्ष तथा सामानुपातिकतर्फका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी दर्ता समय आज विहान ११ देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता समय रहेको थियो ।
काठमाडौं उपत्यकाका शंकरदेवक्याम्पस , विश्वभाषाक्याम्पस , नेपाल ल क्याम्पस , पब्लिक युथक्याम्पस , ग्रामीण आदर्श बहुमुखी क्याम्पस , पिपुल्स क्याम्पस र पद्यकन्या बहुमुखी क्याम्पसमा भने विवादका कारणले मनोनयन दर्ता नभएको उनले बताए ।
त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको प्रचारप्रसारका लागि यही फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्मका लागि समय तोकेको छ । निर्वाचन आगामी चैत ५ गते हुँदैछ ।