
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य मोहनजंग थापा पक्राउ परेका छन् । अमेरिकामा रहेका थापा केही दिन अघि पक्राउ परेका हुन् ।
अघिल्लो साता नेपालबाट फर्किने क्रममा पेन्सिल्भेनिया विमानस्थलबाटै पक्राउ परेका थापालाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखिएको रास्वपा निकट स्रोतले जनाएका छ । थापा रास्वपामा सभापति लामिछानेको दाहिने हातको रुपमा परिचित छन् ।
थापालाई कुन अपराधमा पक्राउ गरिएको हो भन्ने विषय खुलिसकेको छैन । अमेरिमा रहँदा अराजक गतिविधि गर्नेमध्येका एक थापाले केही समय अघि राष्ट्रसंघको महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवा न्युयोर्क गएका बेला कालो झण्डा र जुत्ताको माला देखाउने भन्दै फेसबुकबाट उर्दी जारि गरेका थिए ।
थापा केही वर्षअघि सवारी चालक अनुमतिपत्र दुरुपयोग घरेको घटनामा मुद्दा चलेर जेलसमेत बसेका थिए । त्यसछि उनको अमेरिकी नागरिकता रद्द भएको थियो ।