News Portal

प्रकृति मृत्यु प्रकरण:- टाइम्स अफ इण्डियाले लेख्यो सम्पादकीय ‘भारतले आफैंलाई शिक्षित गरोस्’

नेपाल भारतमा अध्ययन गर्न आउने सबैभन्दा ठूलो विदेशी विद्यार्थी समूह हो । २०२१–२२ मा कुल ४६ हजार ८७८ विदेशी विद्यार्थीमध्ये १३ हजार १२६ नेपाली थिए । तर, भारतले सन् २०४७ सम्म ५ लाख विदेशी विद्यार्थी भित्राउने लक्ष्य राखे पनि हालसम्म ५० हजारको हाराहारीमै सीमित छ ।

जनगर्जन संवाददाता२०८१ फाल्गुण ८
१४९ पटक

काठमाडौं । भारतको ओडिशास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि विकसित परिस्थितिमा टाइम्स अफ इण्डियाले आफनो पत्रीकामा भारतले आफैंलाई शिक्षित गरोस्’ शीर्षकमा सम्पादकीय लेखेको हो ।

नेपाली विद्यार्थीहरुमाथि भएको ज्यादती र दुर्व्यवहारको आलोचना गर्दै लेखिएको उक्त सम्पादकीयमा ‘भारतलाई शिक्षाको केन्द्र बनाउने लक्ष्य राखेको भारतीय सरकारका लागि यो घटनाले गम्भीर प्रश्न खडा गरेको छ ।’

सन् २०१४ मा दिल्लीका एक मन्त्रीले नाइजेरियन नागरिकहरूमाथि गरेको दमन, कोरोना महामारीका बेला भारतका उत्तरपूर्वी नागरिकहरूलाई ‘चिनियाँ’ भन्दै गरिएको भेदभाव र अहिले नेपाली विद्यार्थीहरुमाथि गरिएको अपमानजनक ज्यादती र दुरव्यवहारले विदेशी विद्यार्थी आकर्षित गर्ने भारतको सपना अधुरो हुने चेतावनी समेत भारत सरकारलाई टाईम्स अफ ईण्डियाले दिइएको छ ।

टाइम्स अफ इण्डियाले लेखेको सम्पादकीयको नेपाली अनुवाद –

प्रकृतिले भारतीय विद्यार्थीबाट उत्पीडन भोगिरहेको गुनासो गरेकी थिइन् । तर विश्वविद्यालय प्रशासनले उनको गुनासोलाई बेवास्ता गर्‍यो । उनको मृत्युको उचित छानबिन नगरी ‘ब्रेकअप’को कारण देखाउँदै घटनालाई हल्का बनाउने प्रयास गरियो । जब सयौं नेपाली विद्यार्थीले यसको विरोधमा प्रदर्शन गरे, उनीहरूलाई जबरजस्ती रेलवे स्टेशन पुर्‍याइयो र विश्वविद्यालयबाट टाढै बस्न चेतावनी दिइयो ।

सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा विश्वविद्यालयका दुई कर्मचारीले ‘हाम्रो खर्च नेपालको बजेटभन्दा धेरै छ’ भन्दै अपमानजनक टिप्पणी गरिरहेका देखिन्छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयलाई उठाएपछि भारतको नेपालस्थित दूतावासले हस्तक्षेप गर्‍यो । ओडिशा सरकारले हस्तक्षेप गरेपछि विश्वविद्यालयले माफी माग्यो र निष्कासित विद्यार्थीलाई फर्कन आग्रह गर्‍यो । ती विवादास्पद कर्मचारीलाई समेत जागिरबाट हटाइएको प्रेस विज्ञप्ति मार्फत जानकारी गराइएको थियो ।

२०१३ को सर्वेक्षणले भारतलाई विश्वकै सबैभन्दा जातीय विभेदयुक्त देशको सुचीमा राख्यो तर भारतले अस्वीकार गर्‍यो । तर अफ्रिकी विद्यार्थीहरूमाथि यहाँ हुने दुर्व्यवहारले त्यस्ता आरोपलाई झुटो सावित गर्न सकेन ।

त्यसैगरी २०१४ मा दिल्लीका एक मन्त्रीले नाइजेरियन नागरिकहरूमाथि ‘रेड’ चलाएको घटनाले फेरि अर्को उग्ररूप देखायो । त्यस्तै, कोरोना महामारीका बेला भारतका उत्तरपूर्वी नागरिकहरूलाई ‘चिनियाँ’ भन्दै गरिएको भेदभावले झन समस्या थप गरेको थियो ।

नेपाल भारतमा अध्ययन गर्न आउने सबैभन्दा ठूलो विदेशी विद्यार्थी समूह हो । २०२१–२२ मा कुल ४६ हजार ८७८ विदेशी विद्यार्थीमध्ये १३ हजार १२६ नेपाली थिए । तर, भारतले सन् २०४७ सम्म ५ लाख विदेशी विद्यार्थी भित्राउने लक्ष्य राखे पनि हालसम्म ५० हजारको हाराहारीमै सीमित छ ।

यदि भारतले आफ्नो कमजोरी स्वीकारेर सुधार गर्ने दिशामा गएन भने, भविष्यमा विदेशी विद्यार्थी आकर्षित गर्ने भारतको सपना अधुरै रहनेछ । यो नै भारतको गम्भीर त्रुटि हुनेछ ।

प्रतिकृया दिनुहोस्