News Portal

चुनाव भनेको क्रान्तिको एक मोर्चा हो:- विप्लव सी

जनगर्जन संवाददाता२०८१ माघ ३
२४८ पटक

कपिलवस्तु । नेकपा लुम्बिनी प्रदेशको राजनैतिक एवम् वैचारिक प्रशिक्षण कार्यक्रम नेकपाका महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा कपिलवस्तुको शिवगढीमा शुरु भएको छ ।

उक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले भनेका छन, “चुनाव भनेको क्रान्तिको एक मोर्चा हो जसले नेपालका मान्छेलाई जीवित ढंगले उथलपुथल गर्दै क्रान्तिमा लैजान्छ”।

उनले भने, अहिले देशको परिस्थिती/ स्थिति बिकराल बनेको छ त्यो कसैलाई मनपरेको छैन, सबैमा असन्तुष्टि बढेको छ, जनता भौंतारिरहेका छन र सापेक्षितरुपले कसले राम्रो गर्छ भनेर राम्रा र सकारात्मक पद्धति अनि सहि नेतृत्व खोहिरहेका छन त्यसकारण अब हामिले जनतालाई सही नेतृत्व प्रदान गर्नुपर्छ र त्यसको निमित्त हामी लाग्नुपर्छ ।

देशलाई भागबन्डा गरेर सिध्याउन लागेका छन । देश नेतृत्व विहिन भएको छ जनताले असल अभिभावक खोजिरहेका छन। हामिले अब देशलाई जनतालाई असल अनि नयाँ नेतृत्व दिनुपर्छ । अहिले हामी दलाल पुंजिबादी सत्ताबाट यो देश र ब्यबस्था चल्दैन भन्ने कुरा स्थापित गर्न सफल भएका छौं यो कुरालाई प्रमाणित गर्नैका लागी हामिले चुनावमा भाग लिनुपर्छ र देशलाई सहि नेतृत्व दिनुपर्छ ।

यसैक्रममा उनले भने,प्रचण्ड बाबुरामहरु संगै हुँदा यो ब्यबस्थाबाट चल्न सक्दैनौं फसिन्छ भनेकै थियौं । यसले शान्ती स्थिरता समृद्धी दिन सक्दैन, तेसैले अब पछाडी फर्केर हैन नेपाली बिशेषताको समाजबाद हुँदै बैज्ञनिक समाजबादमा जानुपर्छ भनेर लागेका छौं । नेकपाले भनेका कुरा हरु राजनितीकरुपमा सहि छन भन्ने कुरा पनि स्थापित भएका छ ।

oplus_0

oplus_0

प्रतिकृया दिनुहोस्